MENU

 १८ दिनपछि सकुशल फेला परिन् चार वर्षीया बालिका क्लेओ स्मिथ

4-year-old Cleo Smith found safe after 18 days
Four years old Cleo Smith found safe after 18 days

पर्थ । पश्चिम अष्ट्रेलियाकी चार वर्षीया बालिका क्लेओ स्मिथ हराएको १८ दिनपछि सकुशल फेला परेकी छिन्। पश्चिमअष्ट्रेलियाको प्रहरीले दिएको जानकारीअनुसार एउटा बन्द घरभित्र उनी फेला परेकी हुन्।

क्लेओ स्मिथ नाम गरेकी बालिका अक्टोबर १६ मा कार्नर्भोन भन्ने ठाउँबाट हराएकी थिइन्। स्मिथको परिवार बिदा मनाउन उक्त स्थानमा पुगेको थियो।

यो स्थान पश्चिम अष्ट्रेलियाको पर्थबाट नौ सय किलोमिटर उत्तरतर्फ पर्छ। दुईओटा टेन्टमा सुतेका उनीहरुमध्ये बिहान क्लेओ स्मिथ हराएकी थिइन्। त्यसयता उनको खोजीको लागि ठूलो संख्यामा प्रहरी खटाइएको थियो।

प्रहरीले स्थानीय समयअनुसार बुधबार बिहान १ बजे एउटा बन्द घरभित्र फेला पारेको हो।

अहिलेसम्म उनको अपहरणबारे थप अनुसन्धान गरिरहेको छ । प्रहरीले यस विषयमा कार्भर्भोनका ३६ वर्षीय एक व्यक्तिमाथि सोधपुछ गरिरहेको छ। प्रहरीले ती व्यक्तिले अपहरणसँग कुनै सम्बन्ध नभेटिएको बताएको छ।

प्रहरीले यसअघि यी बालिकाको बारेमा सूचना दिने मानिसलाई १० लाख अष्ट्रेलियन डलर दिने घोषणा गरेको थियो।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले सामाजिक सञ्जाल ट्वीटरमा यो समाचार शेयर गर्दै आनन्ददायी समाचार भएको उल्लेख गरेका छन्।