MENU

प्रधानमन्त्री स्कट मोरिसन कोभिड-१९ पोजेटिभ

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड-१९ संक्रमण देखिएको छ ।

उनले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको बताएका छन् । प्रधानमन्त्री माेरिसनले मंगलबारको परीक्षणबाट आफूलाई कोभिड-१९ देखिएको बताएकाे उनकाे आधिकारिक वेभसाइटमा मंगलबार उल्लेख गरिएको छ ।

आफूलाई ज्वरो आएपछि आइतबारदेखि निरन्तर रुपमा कोभिड-१९ परीक्षण गराएको मंगलबारको परीक्षणमा कोभिड देखिएको प्रधानमन्त्री मोरिसनले बताएकाे सो वेभसाइटमा राखिएको छ ।