MENU

कोरोना संक्रमितको उपचारका लागि सहयोग जुटाउन सिड्नीमा शान्ति पदयात्रा

Peace walk for COVID-19 Reliefसिड्नी । गैरआवासीय नेपाली संघ अस्ट्रेलिया (एनएसडब्लु) राज्य संयोजन समितिको आयोजनामा सिड्नीमा शान्ति पदयात्रा सम्पन्न भएको छ । मे २३ तारिख आइतबार हाउलीपार्क ड्रयुमेनबाट पदयात्रा शुरु भएको थियो ।

न्यु साउथ वेल्सका लागि महाबाणिज्यदुत दिपक खड्काले रिबन काटेर उक्त पदयात्राको शुभारम्भ गरेका थिए ।

पदयात्रा शुरु हुन अघि अस्ट्रेलिया र नेपालको राष्ट्रिय गान बजाईएको थियो भने कोरोनाका कारण ज्यान गुमाएकहरुको स्मृतीमा एक मिनेट मौनधारण गरिएको थियो ।

करिब दुइ किलोमिटर भन्दा लामो पदायत्राबाट २२ सय ११ डलर अर्थ संकलन भएको एनआरएनए न्यू साउथ वेल्स राज्यपरिषद्का सचिव एवं कार्यक्रम संयोजक दिपक पहारीले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

झण्डै पचास जना भन्दा बढी ब्यक्तिहरु सहभागि उक्त पदयात्र पछि आयोजित औपचारिक कार्यक्रममा बोल्दै सहभागिहरुले नेपालमा दुःख पर्दा प्रवासमा रहेका नेपालीहरुको एकता, साथ र सहयोगको खुलेर प्रसंशा गरेका थिए ।

कार्यक्रममा महाबाणिज्यदुत दिपक खड्का, एन आर एन ए उपाध्यक्ष मन केसी, एन आर एन ए अभियान्ता इन्द्रा बन, ओसिनिया रिजनल संयोजक होम पाण्डे, एन आर एन ए अस्ट्रेलिया कोषध्यक्ष अनिल पोखरेल, प्रवक्ता नन्द गुरुङ, प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे, जन सम्पर्क समिति अस्ट्रेलियाका संस्थापक दिनेश जोशी लगाएतले मनतब्य राखेका थिए ।

कार्यक्रममा एन आर एन ए न्यु साउथ राज्य संयोजक एवं उपाध्यक्ष देब गुरुङले सहभागि सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै एकता र सहयोगिहातहरु बढाउन अग्रह गरेका थिए ।

सिड्नी स्थित बिभिन्न सामुदायिक संस्थाका प्रतिनिधिहरु र एन आर एन पदाधिकारीहरु सहभागि यो कार्यक्रमको संचालन सचिव दिपक पहारीले गरेका थिए ।

याे पनि पढ्नुहाेस् । 

एन आर एन न्युजिल्याण्डले सगरमाथा दिवस मनाउने