MENU

स्क्यामरको बिगबिगी, सतर्क रहन अस्ट्रेलियन कर कार्यालयको अनुरोध

सिड्नी । नयाँ आर्थिक बर्षको पहिलो महिना जुलाई । अर्थात गत आर्थिक बर्ष २०१९–२० को हिसाबकिताव खोज्ने महिना !

अस्ट्रेलियनको कर चुक्ता सम्बन्धि जानकारी भएकाहरुलाई त सरकारलाई कर तिर्नु समान्य नै हो । तर, अस्ट्रेलियाको कर सम्बन्धी पर्याप्त कानुन थाहा नभएका तथा आप्रबासीहरुका लागि कर तिर्ने महिना डरै डरको महिना पनि हो ।

करदाताको यही त्रासका बिच ठगहरुले मासिनहरुको कमजोर भावनामा खेल्लनको लागि अनेकौ तरिका निकाली रहेको हुन्छन । अपराध शास्त्रका अनुशार यदी मानिसको मन डराएको छ भने अपराधीले उसँग छिट्टै ब्याक्तिगत सूचना उम्काउन सक्छन । अहिले कर तिर्नका लागि तयारी अवस्थामा रहेको करदाताहरुलाई स्क्यामर ठगहरुको समूहले सूचना लिनका लागि अभियाननै थालेका छन ।

यदी तपाईलाई नक्कली एसएमएस आएको छ भने तपाँई सतर्क रहनुहोला । स्क्यामरहरुले मोबाईल फोनमा म्यासेज गरी ब्याक्तिगत सूचना लिन खोजिरहेका हुन्छन् । यदी तपाईले झुक्एिर उनीहरुले भने अनुशार बिवरण भर्दै जानेहो भने तपाईको बैक खाताबाट पैसा निकाल्न पनि सक्छन ।

अस्ट्रेलियन कर कार्यालयको अनुरोध

स्क्यामरहरुले विभिन्न करदाताहरुलाई एटीओ वा माईगभबाट आएजस्तै गरी एस एम एस तथा इमेल पठाईरहेकाले त्यस प्रकारका एसएमएसबाट सचेत रहन कर कार्याले सबैमा अनुरोध गरेको छ ।

उदाहरणको लागि तल दिइएको तस्वीरमा एस एम एस घोटालाको हो । त्यसैले यस्ता लिंकहरुमा क्लिक नगर्न तथा कुनैपनि जानकारी उपलब्ध नगराउन आनुरोध गरिएको छ ।

माइगभको सक्कली म्यासेज कस्तो

“माइगभको इनबक्समा कुनैपनि नयाँ म्यासेज आउदा तपाईले माइगभबाट एस एम एस सूचना पाउनु हुनेछ ।” एटीओले जनाएको छ । “तर त्यस्ता म्यासेजमा तपाईको माइगभ खातामा लगइन गर्न कुनैपनि लिंक दिएको हुदैन । तर my.gov.au, ato.gov.au, the ATO app मार्फत  अनलाईन सेवामा सिधा प्रवेश गर्ने गरेको छ ।

तपाईको व्यक्तिगत कर सम्बन्धी अनलाईन व्यवस्थापनको सम्पूर्ण कामहरु एटीओ अनलाईनबाट तपाईको आधिकारीक माइगभ खाताबाट गर्नुपर्ने हुन्छ । साथै तपाईको व्यक्तिगत जानकारी जस्तै कर दाखिला नम्बर इत्यादी तपाईको माइगभ इनबक्समा जानेछ नकी तपाईको इमेलमा,” एटीओले जनाएको छ ।

माइगभ खातालाई सुरक्षित बनाउन एस एम एसबाट आउने सेक्यूरिटी कोडको सुविधा लिन समेत आग्रह गरेको छ किन भने एटिओको अनलाईन सेवा लिन यो छिटो तथा सुरक्षित रहेको छ ।

रिपोर्ट कहाँ गर्ने

घोटाला वा ठगीसम्बन्धी एटीओबाट यस्ता कुनै एसएमएम वा इमेल आएको लागेमा [email protected] मा गुनासो गर्न समेत अनुरोध गरिएको छ ।

यदी माइगभबाट आएको यस्ता एसएमएस वा इमेलमा कुनै लिंक भए तथा संकास्पद लागे [email protected] मा जानकारी दिन सकिनेछ ।

यदी त्यस्ता लिंकमा क्लिक गरेको भए वा आफ्नो जानकारी दिएको भए सर्भिस अस्ट्रेलियाको नम्बर १८००९४११२६ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

याे पनि पढ्नुहाेस् ।

https://nepaleseaustralian.com.au/archives/4250