MENU

एन आर एन ए अस्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ्ग विजयी, संघलाई साझा बनाउने प्रतिबद्ता

NRNA Australia newly elected president Nanda Gurung

सिड्नी । गैर आवासीय नेपाली संघ, अस्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङग विजयी भएका छन् । शनिवार ३१ जुलाइमा  भएको अनलाइन निर्वाचनमा गुरुङ  ८ हजार ५ सय ८६ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी डा. ज्ञानेन्द्र रेग्मी ४ हजार ८ सय ७९ मत मात्र प्राप्त गरेका थिए ।

अध्यक्षमा विजयी गुरुङ अघिल्लो कार्यसमितिका प्रवक्ता हुन भने पराजित रेग्मी महासिचव थिए । गुरुङ्ले नेपाली कांग्रेसका शिर्ष नेताहरुको  अनलाइन उपस्थितिमा अध्यक्षको उम्मेद्वार घोषणा गरेका थिए ।

कांग्रेस निकटकै रेग्मीले अन्य बाम समुहको समर्थनमा  अध्यक्षका प्रत्यासी बनेका थिए । उनको हारसँगै अस्ट्रेलियामा बाम निकटको रेग्मी समुहले यसपटको एनआरएनए निर्वाचनमा हारवेहोर्नु परेको छ ।

बिजयी भएपछि  गुरुङले भने ‘हामीसबैको साथ लिएर अघिबढ्ने छौ र समुदायमा  परिवर्तनको आभास दिलाउने छौ ।’

यसैगरी महासचिव पदमा क्यानबेराका राजुबाबु अधिकारी ७ हजार ८ सय १५ मतले विजयी भएका छन् ।

उनका प्रतीद्वन्दी अच्युत शर्मा थपलियाले ४ हजार ५ सय ७३ मत्र प्राप्त गरेका थिए । थपिलया बामसमुहबाट महासचिव पदका प्रत्यासी थिए ।

सचिव पदमा सन्ध्या शाह ८ हजार १ सय २२ मतसहित विजयी भएकी छन् । शाह  गुरुक समुहबाट विजयी भएकी हुन् भने उनका प्रतिद्धन्द्धी तीर्थराज कार्कीले ४ हजार ४ सय ३३ मत प्राप्त गरेका थिए ।

सह कोषाध्यक्षमा राजकुमार नगरकोटी ७ हजार ६ सय ८३ मत सहित विजयी भएका छन् । उनका प्रतीद्वन्दी कर्णकुमार यादवले ४ हजार ३ सय ५२ मत प्राप्त गरेका थिए।

नारी निकुन्जमा जित्नेहरु

एनआरएएनए अस्ट्रेलियाको महिला विभाग नारी निकुञ्जको संयोजकमा साउथ अस्ट्रेलियाकी  मञ्जु खड्का ७ हजार ८ सय ६४ मत प्राप्त गरी विजयी भएकी छन् ।  उनकी प्रतीस्पर्धी न्यू साउथ वेल्सकी मोनी लिम्बुले ४ हजार आठ सय ७७ मत प्राप्त  पराजित भएकी छन् ।

राज्यहरुमा जित्नेहरु

नेपालीहरुको बढी जनसंख्या भएको  न्यु साउथ वेल्सको राज्य संयोजकमा गठबन्धन  समुहका  देब बहादुर गुरूङ २ हजार ९ सय १८ मतसहित बिजयी भएका छन् । उनका प्रतिस्पर्धी प्रतिज्ञा अधिकारी १ हजार ९ सय ७८ मत प्राप्त गरी  पराजित भएकी हुन् ।

यसैबिच क्वीन्सल्याण्ड संयोजकमा ९ सय ३९ मत सहित बिनोदभक्त आचार्य बिजयी भएका छन् भने दक्षिण अस्ट्रेलिया संयोजकमा ९ सय ३३ मतसहित रेनुका लामा विजयी भएकी हुन् ।

साथै क्यानबेराको संयोजकमा अशोक बस्नेत ७ सय ५४ मतसहित बिजयी भएका छन्।

तास्मानियाको संयोजकमा ६ सय २१ मत सहित राकेश शाक्य विजयी भएका छन् । उनका प्रतिस्पर्धी सन्देश परियार ५ सय ३६ मत प्राप्त गरी पराजित भएका हुन् ।

नर्दन टेरिटोरी संयोजकमा विष्णु चापागाई ६ सय १४ मतसहित विजयी भएका छन्। भिक्टोरियामा र वेष्टर्न अस्ट्रेलिया राज्य संयोजकमा हरि खड्का र दीपक बस्नेत यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

एनसीसी युवा संयोजकमा भिक्टोरीयाका बवीन मीश्र ७ हजार ८ सय ६६ मत सहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी न्यू साउथ वेल्सका महेश प्रसाई (म्याक्स) ले ४ हजार ४ सय ७५ मत प्राप्त  गरेका थिए ।

आइसिसी सदस्यहरुमा बुद्धि डल्लाकोटी, पर्शुराम अधिकारी, प्रज्वल भट्टराई, राजेश बुढाथोकी, प्रेमप्रसाद कँडेल, सूर्य आचार्य, परेशराज घिमिरे, नविन भण्डारी विजयी भएका छन् ।

कुल १५ हजार २ सय ९८ मतदाता मध्ये १४ हजार २ सय ३३ जनाले  मतदान गरेका थिए ।

याे पनि पढ्नुहाेस् ।

७० प्रतिशत जनसंख्याले पूर्ण खोप लगाएपछि आन्तरिक प्रतिबन्धहरु हट्छन्- प्रधानमन्त्री मरिसन