MENU

अर्थतन्त्र उकास्ने लक्ष्य लिएको अस्ट्रेलियाकाे बजेट २०२०-२१

क्यानबेरा ।  अर्थतन्त्र उकास्ने उदेश्यले अस्ट्रेलियाकाे संघीय सरकारले मंगलबार सार्वजनिक गरेको बजेटले फास्ट ट्रयाकको माध्यमले कर कटौती, युवा श्रमिकको ज्यालाका लागि सरकारी आर्थिक सहायताका लागि करोडौ डलरको योजना अघि सारेको छ ।

बजेटका मूख्य वुदाहरु :

  • कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको असरबाट उन्मुक्ति पाउन ऋण र बजेट घाटा उच्च रहने

  • ३५ वर्षमुनीका वेरोजगारलाई रोजगारी दिन व्यवसायीलाई सरकारले प्रोत्साहन रकम प्रदान गर्ने

  • अर्थतन्त्र सुधारका लागि फास्ट ट्रयाक रुपमा कर कटौतीका लागि ५० विलियन डलरको योजना

  • जेष्ट नागरिक, उनीहरुका हेरचाह गर्ने तथा असक्षमका लागि सरकारले ५ सय डलर प्रदान गर्ने तथा घरमै रहेका २३ हजार जेष्ठ नागरिकहरुको हेरचाहका लागि १ दशमलब ६ विलियन डलर छुट्याइने

  • यस आर्थिक वर्षको वित्तिय घाटा २ सय १३ विलियन डलर भन्दा माथि हुने आंकलन

  • सन् २०२४ सम्म कुल ऋण ९ सय ६६ डलर पुग्ने

  • यस आर्थिक वर्षमा बेरोजगारी ७ दशमलब २५ प्रतिशत रहने

  • वेस्ट अस्ट्रेलिया बाहेकका अन्य सबै क्षेत्रका सिमा यस वर्षको अन्त्यसम्मै खुल्ला गरिने

  • अन्तर्राष्ट्रिय विद्यार्थी र स्थायी आप्रवासन आगामी वर्षको अन्त्यसम्म पनि नहुने तथा सन् २०२१ सम्म अन्तर्राष्ट्रिय उडान कम रहने

  • अघिल्लो वर्षको जुलाईसम्म कोरोना भाइरसको खोप आए आर्थिक गतिविधि ३४ विलियनले बढ्ने तर सो समयसम्म खोप नआए आगामी दुई वर्षसम्म ५५ विलियन डलरले कम हुने

  • सरकारले आफ्नो मानविय कार्यक्रमका लागि गरिने नियुक्तिमा पनि कटौती गर्ने जसबाट अरबौ डलरको बचत हुने अपेक्षा

  • बजेटमा सरकारले ६ दशमलब ४ विलियन छुट्याएको छ तर योजनाहरु सार्वजनिक गर्न बाकी रहेको छ

  • १६ वर्षदेखि ३५ वर्षसम्मका मानिसलाई जबसिकर कार्यक्रमबाट रोजगारी प्रदान गर्ने व्यवसायीलाई एक वर्षसम्म जबमेकर हाइरिङ क्रेडिट प्रदान गर्ने

  • ३० वर्षमुनीका कामदारलाई हप्तामा २ सय डलर प्रदान गर्नुपर्ने तथा ३० देखि ३५ वर्षसम्मका कामदारलाई हप्ता १ सय डलर प्रदान गर्नुपर्ने, जसले ४ लाख ५० हजार मानिसलाई सहयोग गर्ने अपेक्षा

    याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियन सरकारको २०२०-२१ आर्थिक वर्षको बजेटको विश्लेषण