MENU

अष्ट्रेलियन ओपन: अस्ट्रेलियाद्वारा टेनिस स्टार नोभाक जोकोभिचको भिसा रद्द

Australia cancels Tennis star Novak Djokovic’s visa
Australia cancels Tennis star Novak Djokovic’s visa

मेलबर्न । टेनिस स्टार नोभाक जोकोभिचको मेलबर्न पुगेपछि अस्ट्रेलिया प्रवेश गर्ने भिसा नाटकीयरूपमा खारेज गरिएको छ ।

विश्व नम्बर एक जोकोभिचलाई एयरपोर्टमा धेरै घण्टासम्म राखिएको थियो । पछि सिमासेनाहरूले उनले प्रवेश नियमहरू पूरा नगरेको भन्दै देश निकाला गरिने घोषणा गरे ।

अस्ट्रेलियन ओपनका लागि मेलबर्न पुगेका जोकोभिचको भिसा रद्द भएसँगै त्यहाँका प्रधानमन्त्री स्कट मोरिस्सनले कोहीपनि देशको नियमभन्दा माथि नरहेको प्रतिक्रिया दिए ।

‘जोकोभिचको भिसा रद्द गरिएको छ । नियम भनेको नियम हो, विशेष गरी जब हाम्रो सिमानाको कुरा आउँछ । यी नियमहरुभन्दा माथि कोही छैन,‘मोरिस्सनले ट्विटमा भने ।’

जनवरी १७ देखि सुरू हुने अस्ट्रेलियन ओपनमा २१औं ग्रान्डस्लाम जित्ने किर्तिमानी बनाउने लक्ष्यसहित जोकोभिच मेलबर्न पुगेका हुन ।

अस्ट्रेलियन ओपनसुरुहुन ११ दिनमात्रै बाँकी रहँदा आफूले कोभिड १९ विरुद्धको खोप लगाए नलगाएको खुलाउन अस्वीकार गरेका जोकोभिचसामु खोप लगाएको रेकर्ड देखाउनुपर्ने चुनौती बनेको छ ।

जोकोभिकले आफूले खोप लगाएको वा नलगाएको विषयमा केही नबताए पनि गत वर्ष उनले आफू खोपको विरोधमा रहेको बताएका थिए।

जोकोभिकका वकिलले अष्ट्रेलियाको यो निर्णयलाई उल्ट्याउन अदालतमा याचिका दायर गरेका छन्।

यद्यपि जोकोभिक तत्कालै स्वदेश फर्किन्छन् वा मुद्दाको टुङ्गो नलाग्दासम्म अष्ट्रेलियामै रहन्छन् भन्ने स्पष्ट भएको छैन।

याे पनि पढ्नुहाेस् ।

न्युजिल्यान्डमा पूर्ण रूपले धूम्रपान प्रतिबन्ध हुँदै