पर्थ । कोभिड-१९ महामारीविरुद्ध अस्ट्रेलियाले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सहायता शुक्रवार ४ जुनमा नेपाल आइपुग्ने भएको छ ।
अस्ट्रेलियाले नेपालको महामारीविरुद्ध घोषणा गरेको ७ मिलियन अस्ट्रेलियन डलर (८ करोड २१ लाख रुपैयाँ) सहयोग प्रतिबद्धता अन्तर्गत रहेर स्वास्थ्य उपकरण काठमाण्डूका लागि उडेको हाे।
अष्ट्रेलियाली रक्षामन्त्री पिटर डटन र प्यासिफिक मामिला हेर्ने अन्तर्राष्ट्रिय विकास मन्त्री जेड सेसेल्जाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।
अस्ट्रेलियाली विदेशमन्त्री म्यारिस पाइनले ट्वीट गर्दै ती स्वास्थ्य सामाग्री शुक्रवार नै काठमाडौं अवतरणा हुने जनाएकी दिएकी छिन् ।
A RAAF C-17A will deliver oxygen equipment to 🇮🇳 & PPE, donated by the @WAGovernment, to 🇳🇵 & 🇱🇰. 🇦🇺 recognises the leadership & generosity 🇮🇳 has shown throughout the pandemic. 🇦🇺 will continue to stand with our neighbours.
Media statement: https://t.co/TgiKLuNijw pic.twitter.com/B8Bs8qQaQg
— Marise Payne (@MarisePayne) June 4, 2021
अस्ट्रेलियाको रक्षा मन्त्रालयको सी–१७ ए कलसाइनको एयरक्राफ्ट ती स्वास्थ्य सामाग्री लिएर पर्थबाट काठमाडौंतर्फ उडेको तस्विर समेत उनले सार्वजनिक गरेकी थिइन।
सोही जहाजले भारत र श्रीलंकामा समेत स्वास्थ्य सामग्री लिएर आउन लागेको हो । सो जहाजमा अक्सिजन उपकरण र अन्य स्वास्थ्य उपकरण संलग्न रहेको जनाइएको छ ।