MENU

अष्ट्रेलियाबाट अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग

Australia’s Ambassador to Nepal HE Felicity Volk handed over the equipmentto Nepal Army Chief of General Staff, Lt Gen Prabhu Ram Sharma, at the Tribhuvan International Airport.
Australia’s Ambassador to Nepal HE Felicity Volk handed over the equipment to Nepal Army Chief of General Staff, Lt Gen Prabhu Ram Sharma, at the Tribhuvan International Airport.

 काठमाण्डौ । शनिबार ५ जुनमा अष्ट्रेलिया सरकारले नेपाललाई कोभिड-१९ माहामारी विरुद्द अग्रपङ्क्तिमा कार्यरत ब्यक्तिहरुलाई अत्यावस्यक पर्ने स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ ।

अष्ट्रेलियाली वायुसेनाको विमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ल्याईएका सो सामाग्रीहरु नेपालका लागिअष्ट्रेलियली राजदुत फेलीसीटी वोल्कले नेपाली सेनाका बलाधिकृत रथी श्री प्रभुराम शर्मा लाई हस्तान्तरण गर्नुभयो ।

उक्त सामाग्रीहरु हस्तान्तरण गर्दै राजदुत वोल्कले भनिन, “दक्षिण एसियाका मित्रहरुलाई सहयोग गर्ने अष्ट्रेलियाको क्षेत्रिय कार्य स्वरुप श्रीलंका, भारत र नेपालमा उक्त स्वास्थ्य सामाग्री ल्याईएको हो ।

नेपाली सेनाले अग्रपङ्क्तिमा रहेर देशभर समुदायमा पुर्याएको महत्वपूर्ण स्वास्थ्य सेवाको सरहना गर्दै यस कार्यलाई थप सहयोग गर्न अस्पताल, आईसोलेसन केन्द्रहरु र शव ब्यवस्थापन स्थलहरुमा प्रयोग गर्न उक्त सामाग्रीहरु प्रदान गरिएको हो।

क्षेत्रिय देशहरुसंगै अष्ट्रेलियाले स्वास्थ्य सेवा प्रदान गर्न अग्रपङ्क्तिमा कार्यरत ब्यक्तिहरुलाई पिपिई लगाएतका अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु  प्रदान गर्न सहकार्य गरिरहेको छ । अष्ट्रेलिया र नेपालको लामो समयदेखि बिपद्का समयमा सहकार्य गर्ने ईतिहास रहेको छ र आजको यो सहयोगले नेपालीहरु प्रति अष्ट्रेलियालीहरुको सद्भाव प्रदर्शन गर्दछ।”

शनिबार ल्याईएका १८ लाख अष्ट्रेलियाली डलर मूल्यका सामाग्रीहरु नेपाली सेनाको अनुरोध अनुरुप वेस्टर्न अष्ट्रेलिया सरकारले प्रदान गरेको सर्जीकल मास्क, फेश शील्ड र पञ्जाहरु रहेकाछन् ।

यो सहयोग नेपालमा कार्यरत गैह्रसरकारी संस्थाहरु मार्फत अस्पतालहरुका लागि अक्सिजन र स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मीहरु लाई प्रदान गरिने तालीमाका लागि गत मे २१ मा घोषित ७० लाख अष्ट्रेलियाली डलर बाहेकको थप सहयोग हो ।

अष्ट्रेलियाली सरकारले कोभ्याक्सको माध्यमबाट नेपाललाई कोभिड-१९ बिरुद्दको सुरक्षित र प्रभावकारी खोप ब्यवस्थापन गर्न सहयोग जारी रहेको छ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियन सहायता बोकेको जहाज काठमाडौंको लागि उड्यो