MENU

अस्ट्रेलिया नेपाल संसदिय मैत्री समुह सक्रिय हुने

The newly formed Australia Nepal Parliamentary Friendship Group co-chaired by Hon Peter Khali MP and Senator Andrew Bragg

सिड्नी । अस्ट्रेलिया नेपाल संसदिय मैत्री समुहलाई सक्रिय बनाउन पहल शुरु भएको छ ।

बुधवार अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहाल र न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्काल समुहका सह अध्यक्ष सिनेटर एन्ड्रियु ब्राग सँग भेटेर संसदिय मैत्री समुहलाई सक्रिय बनाउन आग्रह गरेका थिए ।

अस्ट्रेलियाको संघिय संसदमा गठन मैत्री समुह गठन भए पनि यसले सक्रिय भुमिका खेल्न सकेको छैन ।

राजदुत दाहालका अनुसार भेटमा अस्ट्रेलिया नेपाल संसदिय मैत्री समुहमा १० देखि १५ जना सांसदहरु थपेर पूर्णता दिने र नेपालको संसदमा पनि गठन भएको यस्तै समुहको बीचमा बैठक गर्ने बारेमा छलफल भएको थियो ।

सिनेटनर एन्ड्रियु एन्ड्रियु ब्रागले अस्ट्रेलिया नेपाल संसदिय मैत्री समुहलाई सक्रिय बनाउन आफुले पहल गर्ने बताएको राजदुत दाहालले जानकारी दिए ।

बैठकमा सहभागि न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्काका अनुसार बैठकमा अस्ट्रेलियाबाट नेपालमा उच्च स्तरिय भैमण गर्ने, नेपालमा अड्किएका बिद्यार्थीहरुलाई अस्ट्रेलिया फर्कन पहल गर्ने र अस्ट्रेलियाबाट नेपालमा मेडिकल इक्यिुपमेन्ट र औषधीहरु पठाउने बिषयमा पनि छलफल भएको थियो ।

अस्ट्रेलिया नेपाल संसदिय मैत्री समुहका अर्का सहअध्यक्ष भिक्टोरियाका सांसद पिटर खालिल हुन् ।

के हो अस्ट्रेलिया नेपाल संसदिय मैत्री समुह ?

अस्ट्रेलिया नेपाल संसदिय मैत्री समुह पहिलो पटक जुन २२ सन् २००९ मा स्थापना भएको हो । तत्कालिन अस्ट्रलियास्थित नेपाली राजदुत योगेन्द् ढकालको पहलमा स्थापना भएको यो समुहमा सिनेटर, मेम्बर अफ पार्लियामेन्ट र सक्रेटरी गरी ३२ जना सदस्यहरु रहने ब्यवस्था थियो ।

समुहमा सत्ता पक्षिय लिवरल पार्टी, प्रतिपक्षि लेबर पार्टी, ग्रिन्स र नेशनल पार्टीका समेत प्रभावशाली सांसद र सिनेटरहरु रहेका थिए । निरन्तरको कुटनीतिक प्रयासपछि अस्ट्रलियन पार्लियामेन्टमा यो समुह स्थपना गर्न सफल भएको थियो ।

समुहले नेपालमा हुने ठुला ठुला राजनीतिक परिवर्तन, भुकम्प, बाढी, पहिराे, भोकमरी जस्ता प्राकृतिक प्रकोप र वैदेशिक हस्तक्षेप हुँदा अष्टेलियन पार्लियामेन्टको नेपाल संसदिय मैत्री समुहले तत्कालै सहयोगकालागि निर्णय गर्ने छ ।

अस्ट्रलिय एशिया प्रशान्त क्षेत्रको शक्तिशाली देश भएकाले यहाँ नेपाल संसदिय मैत्री समुह स्थापना हुनुले क्षेत्रिय स्तरमा नेपालाको कुटनितिक सम्बन्ध मजबुत बनाउन मद्दत गर्दछ ।