MENU

अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खुल्ला; विदेशी विद्यार्थी र पर्यटकले प्रवेश पाउने

Sydney Opera House- Photo www.nepaleseaustralian.com.au

सिड्नी ।  विदेशी पर्यटक, भिजाबाहक विद्यार्थी, दक्ष कामदार यहाँका नागरिकका आफन्तहरुको लागि अस्ट्रेलियालेअन्तर्राष्ट्रिय सीमा बुधबार १५ डिसेम्बरदेखि पुनः खुला गरेको छ ।

दुई साताअघि नै सीमा खोल्ने निर्णय गरिएको भए पनि ओमिक्रोन भाइरसको संक्रमण देखिएसँगै अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनलले उक्त निर्णयलाई दुई साताका लागि स्थगित गरेका थिए ।

प्रधानमन्त्री स्कट मरिसन र स्वास्थ्यमन्त्री गे्रग हन्टले पुनः अन्तर्राष्ट्रिय सीमा खुला गर्ने बताएका हुन् । अष्ट्रेलियाली मन्त्रिपरिषद् र प्रमुख चिकित्सा सल्लाहकारको सुझाव अनुसार तत्काललाई सीमा खुला गर्ने निर्णय भएको जनाइएको छ ।

अष्ट्रेलिया प्रवेश गर्न चाहनेले कोभिड–१९ विरुद्ध त्यहाँको सरकारले अनुमति दिएका खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने र पीसीआरको नेगेटिभ रिपोर्ट प्रस्तुत गर्नुपर्ने अनिवार्य छ ।

संधिय राज्य अस्ट्रेलियामा राज्यनै पिच्छे फरक फरक सीमा सम्बन्धि नियम भएकाले आफू आउने राज्यको नियमहरु बुझेर यात्रा गर्न अस्ट्रेलियामा रहेका विद्यार्थीका क्षेत्रमा काम गरिरहेका विज्ञको सुझाव छ ।

अस्ट्रेलियन सरकारको यस निर्णयसँगै नेपालमा रहेका विद्यार्थीले खुसी व्यक्त गरेका छन् ।

याे पनि पढ्नुहाेस् ।

Welcome News for International Students Awaiting Australian Borders Update