MENU

  अस्ट्रेलियामा कोभिडको परीक्षण खोप लगाएकाहरुमा देखियो ‘एच.आई. भि पोजेटिभ’

ब्रिसबेन ।  अस्ट्रेलियाको क्वीन्सल्याण्ड विश्वविद्यालये उत्पादन गरेको कोभिड १९ बिरुद्को खोपको पहिलो चरणको परीक्षण नै विफल भएको छ । परीक्षण खोप लगाएका मानिसमा एच आई भि पोजेटिभको नतिजा आएको भन्दै विश्वविद्यालये  खोपको अनुसन्धान प्रक्रिया रद्द  गरिएको जनाएको छ ।

क्वीन्सल्याण्ड विश्वविद्यालयले  संयुक्त रूपमा ए एस एक्सलाई वक्तव्य मार्फत पहिलो चरणमा सहभागी भएका २ सय १६ जनामा कुनै स्वास्थ्य समस्या नदेखिए पनि एच आई भिको गलत रिपोट आएका कारण दोस्रो र तेस्रो चरणको परीक्षणमा अगाडी नबढ्ने  स्पस्ट पारेको हो ।

क्विन्सल्याण्ड विश्वविद्यालय र बायोटेक्नोलोजी कम्पनीले बिहीबार शुक्रवार बिहान पहिलो परीक्षणका क्रममा केही व्यक्तिमा एच आई भि भएको गलत नतिजा देखाएपछि अर्को चरणमा नजाने  वैज्ञानिकहरुले बताएका छन् ।