MENU

समुदायिक पुनर्चक्र केन्द्रहरु र घरेलु हानीकारक फोहोर व्यवस्थापन बारे जानकारी

Items cannot go into the general recycling or kerbside garbage collection, however, most of the household chemicals and problem waste can be recycled into new materials if disposed of correctly at a designated CleanOut event or Community Recycling Centre.
Items cannot go into the general recycling or kerbside garbage collection, however, most of the household chemicals and problem waste can be recycled into new materials if disposed of correctly at a designated CleanOut event or Community Recycling Centre.

एनएसडब्लु इन्भारोमेन्टल प्रोटेक्सन अथोरिटी (EPA)  समाजमा Household Chemicals and Problem Waste फोहोर व्यवस्थापन का लागि विभिन्न जनचेतना अभियानका लागि जिम्मेवार रहेको छ । यसले उद्योग, व्यापार तथा समुदायमा फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ र यसको पुन प्रयोगका लागि कस्ता अभ्यासहरु गर्न सकिन्छ भनेर विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

घरेलु फोहोर व्यवस्थापनका लागि एनएसडब्लु इपिएले दुईवटा कार्यक्रम आयोजना गरेको छ  । यी दुई कार्यक्रमहरु एनएसडब्लु घरधनीमा लक्षित रहेका छन् । यो कार्यक्रममा कम्युनिटी रिसाइकलिङ सेन्टर्स Community Recycling Centre  (सिआरसी) र हाउसहोल्ड केमिकल क्लिनआउट Household Chemicals Clean Out (एचसिसी) समावेश रहेको छन् ।

फोहोर व्यवस्थापनमा हुने कमीकमजोरी घटाउने तथा पुन प्रयोग गर्न सकिने प्रक्रियालाई पनि महत्वका साथ यि दुई कार्यक्रमले ठुलो सहयोग गर्ने आश लिइएको छ ।

फोहोर व्यवस्थापन कार्यक्रमका केही महत्वपुर्ण सन्देशहरु

  • फोहोरले प्रभाव पार्छ । घरमा भएका रासायनिक फोहोर Household Chemicals लाई उचित तरिकाले सफा गरिनुपर्छ
  • घरमा निस्किने रासायनिक फाहोलाई राम्रोसँग सफा गरी व्यवस्थापन गर्नु भनेको घर सुरक्षित तथा वातावरण हानी हुन कम गर्नु हो ।
  • एनएसडब्लुले फ्रिइ सभिर्स आवाहन गर्छ
  • प्रत्येक एक वर्षमा आयोजना हुने कार्यक्रमा स्थानिय परिषदहरुको सहभागीता रहेको हुन्छ
  • घरबाट निस्किने रासायनिक पदार्थहरुको उचित सफा गर्नु नै आफ्नो स्थानिय वातावरणप्रति गम्भिर हुनु हो
  • ठाउँ र समयका लागि यो साइट हेर्नुहोस् cleanout.com.au

कम्युनिटी रिसाइकलिङ सेन्टर्स

  • फोहोरले प्रभाव पार्छ । घरबाटमा निस्किने फाहोरले समस्यामा पारेको छ । अव चिन्ता नगर्नुहोस् । पुन प्रयोगमा जोड दिनुहोस् ।
  • पर्मानेन्ट कम्युनिटी रिसाइकलिङ सेन्टर्स Community Recycling Centre ले घरबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्न सुविधाजनक तवरमा सजिलो बनाइदिएको छ ।
  • घरबाट निस्कने पुराना तथा नचाहिने पेन्ट, ग्याँस बोटल्स, मोटर तेल, खाना पकाउने तेल, कार र घरमा प्रयोग हुने व्याट्री, ग्याँस बोटलहरु, स्मोक डिटेक्टरहरु तथा फ्लोरोसेन्ट ग्लोब्स र टुब्सलाई छोडदिनुहोस, यीनलाई बुझाए बापत कुनै चार्ज लाग्दैन ।
  • समाजमा निस्कने साझा घरेलु फाहोरहरुलाई उचित व्यवस्थापन स्थानीय समुदायले चासोको रुपमा दिनाले स्थानीय वातावरण सुधार्न सहयोग मिल्नेछ ।
  • यो साइट हेर्नुहोस् epa.nsw.gov.au

हाउसहोल्ड केमिकल क्लिनआउट

केमिकल क्लिनआउट कार्यक्रमले कसरी काम गर्छ ? एनएसडब्लु इन्भारोमेन्टल प्रोटेक्सन अथोरिटी (EPA)  ले स्थानीय परिषद र कन्ट्रयाक्टरसँग मिलेर काम गर्ने तथा क्लिन आउट कार्यक्रमलाई ग्रेटर सिड्नी क्षेत्रभरी लैजाने तयारी रहेको छ ।

यसका लागि उचित साइज, साइट तथा लोकशन तथा समयलाई समेत मध्यनजर राख्दै छान्नु पर्ने हुन्छ । क्लिनआउट कलेक्स्न Household Chemicals and Problem Waste हप्ताहप्तामा हुने गर्छन् । स्थलको व्यवस्थापनका लागि कन्ट्रयाक्टरहरु जिम्वार हुन्छन् । यसमा ट्राफिकका लागि लेन तथा सामाग्री व्यवस्थापनका लागि क्षेत्र समावेश गरिएका छन् ।

क्लिनआउट साइट विहान ९ बजे खुल्ने गर्छ । समुदायका सदस्यहरु त्यस समयमा आएर सामानहरु छोडनसक्छन् । कन्ट्रयाक्टरहरु आफै आएर सामानहरु लिएर जान्छन्, समुदायका सदस्यहरुलाई आफ्नो कारबाट निस्किरहनु पर्दैन  । दिनको अन्तमा सबै सामानहरु एकिकृत गरेपछि पुन प्रयोग गर्न मिल्ने बनाउनका लागि लगिन्छ । पुन प्रयोग वा उचित व्यवस्थापनका लागि सुविधा मिलाइनेछ ।

घरेलु हानीकारक फोहोरहरु

घरमा हामीले दिनहु विभिन्न खाले सामाग्रीहरु प्रयोग गरिरहन्छौ ।

तर केही यस्ता फोहोरहरु हुन्छन् जुन व्यवस्थापन नगरेको खण्डमा खतरनाक बन्न सक्छन् ।

ति सामाग्रीहरु यस्ताछन्ः

  • घरेलु क्लिनर
  • पेन्ट्स
  • मोटर ओइल्स
  • ब्याट्रीहरु
  • पेन्ट
  • हबी केमिकल्स
  • गार्डेन केमिकल्स
  • ग्याँस बोटल्स

यी केही यस्ता सामाग्रीहरु हुन् जुन प्राय हाम्रा घर, ग्योरज तथा कारमा सजिलै पाउने गर्छौ ।

क्लिनआउट कार्यक्रमले लक्षित गरेका घरधनीहरुले सिमितमात्र फोहोर सामाग्रीहरु जम्मा पार्नसक्नेछन् । उनीहरुले एकखाले आइटमा बढीमात्रामा २० किलोसम्म वा २० लिटरसम्म ल्याउन सक्नेछन् ।

घरेलु रसायनलाई कसरी उचित स्टोरेज तथा व्यवस्थापन गर्न सकिएला त ?

घरबाट निस्किएको रसायनलाई Household Chemicals and Problem Waste मानिसहरुले सजिलै क्लिनआउट कलेक्सनमा ल्याएर जम्मा गर्न सक्छन् ।

यदी तपाईसँग पुराना तथा नचाहिने सामाग्रीहरु घर, ग्यारेज तथा गोठमा रहेका छन् भने तपाईले बढा सतर्कताका साथ सुरक्षित  तवरले स्टोर गर्नुपर्छ । अर्को क्लिनआउट कलेक्सनसम्मका लागि तपाईले यसलाई गम्भिरताका साथ लिनुपर्नेछ । रसायनहरुलाई कहिल्यै पनि तातो, स्पाक्र्स तथा आगोको छेउ स्टोर नगर्नुहोस् ।

नचिन्ने प्रडक्टहरुलाई एउटा लेबल लगानुहोस् जस्तै ‘अननन्’ । केमिकल चिन्नुहुन्न भने अनुमान लगाउने काम नगर्नुहोस् । जम्मा गरिसकेपछि केमिस्टले कुन केमिकल हो भनेर ल्याव टेस्ट मार्फत पहिल्याउने काम गर्छन् । केमिकलहरु मिसाउने काम नगर्नुहोस् । यसको रियाकशनका कारण ठुलो समस्या आउनेछ । तपाई, तपाईको परिवारका सदस्यहरुलाई हानी गर्न सक्छ ।

यी केही उपायहरु हुन् जुन अनुरुप गर्न सके केमिकलहरुलाई सजिलै संकलन केन्द्रमा पुर्याउन सक्नुहुन्छ ।

  • यदि ज्वलनशिल तथा सुगन्धित बस्तुहरु लिएर कारमा हुनुहन्छ भने झ्याल बन्द गर्नुहोस् ।
  • प्रडक्टहरुलाई ओरिजिनल कन्टेनरमा नै राख्नुहोस्
  • जहिले पनि कन्टेनरमा सिधा स्टोर गर्नुहोस्, तिनीहरुको साइडमाभन्दा पनि सबै लिडहरु मज्जाले कसिएका छन् चेक गर्नुहोस्
  • संक्षारक केमिकल जस्तै ब्याट्री एसिड, पोइजनबाट पर राख्नुहोस्
  • सुनिश्चित हुनुहोस् कि पढ्नयोग्य लेभलहरु सुरिक्षत रुपमा कन्टेनरमा राखिएका छन् भनेर
  • सामाग्रीहरुलाई चिसो, ड्राइ प्लेस र बच्चाले नभेट्ने ठाउँमा राख्नुहोस्
  • पुराना तरल सामाग्री भएका कन्टेनरलाई दुईपटक प्लाष्टिक झोलाले बाध्नुहोस, लिकेज हुने नदिनुहोस् ।
  • सामान ओसार्दा क्रेट्स, बक्सेस तथा बेकटमा राख्नुहोस् ।

केही यस्ता समाग्रीहरु जस्तै व्याट्रीहरु बेच्ने ठाउँमा फिर्ता लगिन्छ वा स्क्रयाप मेटल रिसाइकलर्सकोमा लगिन्छ । जस्तै पुराना नचाहिने औषधिहरु पुराना फार्मेसीमा फ्रिइ तथा सुरक्षीत व्यवस्थापनका लागिन्छ ।

यदि अर्को क्लिनआउट कलेक्सनसम्म पर्खन सक्नु भएनभने तपाईको स्थानीय फोहोर व्यवस्थापन सुविधाका लागि मोटर ओइल र पुनरावृतिकरणका लागि लिनसक्नुहुनेछ ।

आधुनिक घरमा धेरै केमिकलको प्रयोग हुनेगर्छ । सफा गर्ने देखि पेन्ट्ससम्म, पेस्टिसाइडदेखि मोटर ओइल्ससम्म । धेरै जसो यस्ता केमिकलहरुको गलत रुपमा व्यवस्थापन भइरहेको छ । अव्यवस्थित रुपमा व्यवस्थापन गर्न खोज्दा यसले वातावरणमा असर पार्ने र मानिसहरुको स्वास्थ्यमा गम्भिर असर पार्ने गर्छ । यसरी घरबाट निस्कने हानिकारक केमिकल एउटै गोदाममा स्टोर गर्दा झन् खतरनाक हुनेगर्छ ।

  • व्यवस्थित रुपमा फोहोर व्यवस्थापन गर्न नसक्दा उत्पन्न हुने खतराहरु यस्ता रहेका छन् ।
  • हानीकारक फोहोर व्यवस्थापन कामदारहरु जो तपाईको हप्ताभरिका फोहोरहरु उठाउने गर्छन्
  • सेप्टिक ट्रयाक दुर्गन्धित हुनेछ अथवा शौचालयमा फोहोर पानी परिक्षण प्रणाली खन्याएमा
  • प्राकृतिक वातावरणमा डम्पिङ गरेमा पानी सप्लाई दुर्गन्धित हुनेछ
  • त्यत्तिकै घरमा छोडिदिदाँ घरमा रहेका बच्चा तथा घरपालुवा जनावरलाई हानी हुनसक्छ

यस्ता धेरै सामानहरु पुन प्रयोग वा पुनरावृतिकरण गर्न सकिन्छ । तिनीहरुलाई ल्याण्डफिल्डमा लग्नुको सट्टा उचित व्यवस्थापन गर्नु फाइदाजनक हुन्छ । तपाई एक निर्णयले वातावरणमा सकारात्मक छाप जान सक्छ ।

कस्ता खाले केमिकल्सहरु ज्याँदा संकलन हुन्छन् ?

पेन्ट्स, ओइल्स, लिड एसिड व्याट्रीहरु तथा ग्याँस सिलिण्डरहरु क्लिनआउट कलेक्सनमा ज्यादामात्रामा संकलन हुने गर्छन् ।

इथिनिक कम्युनिटी काउन्सिल न्यु साउथ वेल्सको तर्फबाट जारी समुदायिक संदेश ।

याे पनि पढ्नुहाेस् । 

प्लाष्टिक फ्रि जीवन शैली, के तपाईं तयार हुनुहुन्छ ?