MENU

बार्टीले जितिन अस्ट्रेलियन ओपनको उपाधि, ४२ वर्षपछि उपाधि अस्ट्रेलियाको पक्षमा

विश्व वरियताको शीर्ष स्थानकी एस (एस्ली) वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपनको उपाधि जितेकी छिन् ।

शनिबार मेलबर्न पार्कमा सम्पन्न महिलातर्फको फाइनलमा अस्ट्रेलियाकी टेनिस खेलाडी बार्टीले अमेरिकाकी ड्यानियल कोलिन्सलाई ६–३ ७–६ (७–२ ) को सेटमा पराजित गरिकी हुन् ।

सन् २०१२ देखि ग्रान्डस्लाम टेनिसमा डेब्यु गरेकी बार्टीले पहिलो पटक अस्ट्रेलियन ओपनको उपाधि जितेकी हुन् । यद्यपि, बार्टीको यो तेस्रो ग्राण्डस्लाम उपाधि हो । बार्टीले यसअघि सन् २०१९ को फ्रेन्च ओपन र गत वर्षको विम्बल्डन जितेकी थिइन् ।

बार्टी पछिल्लो सिजन ओपनको क्वार्टरफाइनलबाट बाहिरिएकी थिइन् ।

यस्तै सन् २०१४ ग्रान्डस्लाम खेल्न सुरु गरेकी कोलिन्स पहिलो पटक ग्रान्डस्लामको फाइनलमा पुगेकी हुन् ।

सन् १९८० यता अस्ट्रेलियन ओपनको फाइनल पुग्ने बार्टी पहिलो अस्ट्रेलियन खेलाडी हुन् । ४२ वर्षपछि अस्ट्रेलियन ओपनको उपाधी अस्ट्रेलियाको पक्षमा आएको हो ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियामा भेटियो ओमिक्रोनको उपप्रजाति, थप संक्रामकता बढाउने चिन्ता