MENU

अस्ट्रेलियामा भेटियो ओमिक्रोनको उपप्रजाति, थप संक्रामकता बढाउने चिन्ता

अस्ट्रेलियाको विभिन्न राज्य र उप–राज्यहरूमा ओमिक्रोन भाइरसको उप–प्रजाति पत्ता लागेको छ । अस्ट्रेलियामा ओमिक्रोन भाइरसको उप–प्रजाति भेटिएको संघीय स्वास्थ्य विभागले पुष्टि गरेको छ ।

कोभिड–१९ भारसबाट बनेका विभिन्न उप्र–प्रजातिका भाइरसहरूले विश्वभर तनाव सिर्जना गरिरहेको छ ।

ओमिक्रोनको उपप्रजातिलाई ‘सन अफ ओमिक्रोन’ अर्थात ओमिक्रोनको छोराको संज्ञा दिइएको छ । कतिपयले ‘सिस्टर अफ ओमिक्रोन’ र ‘ब्रदर अफ ओमिक्रोन’ पनि भनेका छन् ।

न्यूज डटकम डट एयूएले उल्लेख गरेअनुसार, एनएसडब्लूमा नयाँ प्रजातिको भाइरस संक्रमणको तीनवटा केश पत्ता लागेको छ भने क्वीन्सल्याण्डमा एउटा केश भेटिएको छ ।

ओमिक्रोनको उपप्रजातिको भाइरसला बीए.२ असाध्यै थोरै संख्यामा रहेको एसीटी स्वास्थ्य प्रवक्ताले बताएका छन् । तर, समुदायमा भने ओमिक्रोन बीए.१ को संक्रमण नै बढी भरहेको उनले बताएका छन् ।

यो भाइरसले थप संक्रामकतामा भने चिन्ता बढाएको छ । अहिलेसम्म ओमिक्रोनको नयाँ प्रजाति विभिन्न ४० देशमा भेटिइसकेको छ । युरोपमा धेरैजसो देशमा यस्तो नयाँ प्रजातिले संक्रामकता बढाएको छ ।

डेनमार्कमा त ओमिक्रोनबाट संक्रमित हुनेहरुको संख्याभन्दा उपप्रजातिको भारइसबाट पीडित हुनेको संख्या धेरै छ ।

मेलवर्न विश्वविद्यालयको क्लिकिल इपिडिमियोलोजिस्ट नेन्सी बाक्स्टरले यो नयाँ प्रजाति ओमिक्रोनभन्दा बढी संक्रामक हुनसक्ने बताएका छन् ।

‘यो भाइरसको बारेमा धेरै थाहा भइसकेको छैन । यो हाम्रो शरीरमा प्रवेश गरेपछि छालालाई समेत असर गर्न सक्छ’, बाक्स्टरले भनेका छन् ।

अस्ट्रेलियाको धेरैजसो राज्य र उपराज्यहरूमा परीक्षणका लागि संकलन भएको स्वाबमा ओमिक्रोनको उपप्रजाति भेटिएको स्वास्थ्य विभागका प्रवक्ताले बताएका छन् ।

अस्ट्रेलियामा ओमिक्रोन संक्रमितको संख्या निरन्तर बढिरहेको बेला नयाँ भेरियन्ट पत्ता लागेपछि संक्रमण नियन्त्रणमा चुनौति थपिएको छ ।

अस्ट्रेलिया सरकारले सन् २०२१ को अन्तिमतिरबाट अन्तर्राष्ट्रिय सीमा नाका खुल्ला गरेको थियो । सीमा नाका खुल्ला भएपछि ओमिक्रोन संक्रमितको संख्या पनि निरन्तर बढिरहेको छ ।

पछिल्लो समय अस्ट्रेलियामा कोभिड–१९ संक्रमणबाट मृत्यु हुने मानिसको संख्या पनि निरन्तर बढिरहेको छ ।