MENU

अस्ट्रेलियाले सेप्टेम्बर भित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने

Australian troops to leave Afghanistan Prime Minister Scott Morrison
Australian Prime Minister Scott Morrison announced on Thursday that the country’s remaining troops in Afghanistan will leave in September 2021.

क्यानबेरा । बिगत २० बर्षदेखि अफगानिस्तानमा तैनाथ अस्ट्रेलियन सेना फिर्ताहुने भएको छ ।

बिहिवार एक कार्यक्रममा बोल्दै अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आगामी सेप्टेम्बर भित्र अफगानिस्तानबाट सेना फिर्ता हनुे घोषणा गरेका हुन् । यो अवधिमा करिब ३९ हजार अस्ट्रेलियन सेना अफगानिस्तानमा परिचालन भएका थिए ।

नेटो नेतृत्वको अलायन्समा सहभागि अस्ट्रेलियाले अफगानिस्तान युद्धमा ४१ जना सैनिक गुमाएको थियो भने दुई सय २० जना गम्भिर घाइते भएका थिए ।

अफगानिस्तानमा अस्ट्रेलियन सैनिकको योगदानको प्रसंसा गर्दै प्रधानमन्त्री मरिसनले भने, “आफ्नो ज्यानको बाजी लगाएर आतंकबादको बिरुद्ध र अफगानिस्ताका नागरिकको सुरक्षको र स्वातन्त्रताको लागि लड्नी उनीहरु महान छन् ।”

अमेरिकि राष्ट्रपति जो बाइडनले पनि अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेको लगत्तै अस्ट्रेलियाको पनि यो निर्णय आएको हो ।