MENU

सिड्नीमा अध्ययनरत नेपाली विद्यार्थीले जितिन प्रतिष्ठित मिनिस्टर अवार्ड

Bisika Ghimire (Year 12 Girraween High School) Received the Minister's Award for Excellence in Student Achievement
Bisika Ghimire (Year 12 Girraween High School) Received the Minister’s Award for Excellence in Student Achievement

सिड्नी । नेपाली बिद्यार्थी बिसिका घिमिरेले न्यु साउथ राज्यको शिक्षा मन्त्रालयले प्रदान गर्ने प्रतिष्ठित मिनिस्टर अवार्ड प्राप्त गरेकी छिन् । सिड्नीको पश्चिम गिरावीन हाई स्कुलमा कक्षा १२ मा अध्ययनरत घिमिरेले उत्कृष्ट शैक्षिक नतिजाका हासिल गरे बापत यो पुरस्कार प्राप्त गरेको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रिन्सिपलले सामाजिक संजालमा फोटो सार्वजनिक गर्दै उपाधि पाउने बिद्यार्थीहरुलाई बधाइ दिएका थिए । गिरावीन हाइ स्कुल न्यु साउथ राज्यको उत्कृष्ट बिस भित्र पर्ने सेलेक्टिभ स्कुल हो ।

बिसिका घिमिरे विद्यालयको भाइस क्याप्टेन पनि हुन् भने उनी फुटबल खेलमा रूची राख्छिन् । साथै स्थानिय ब्लाकटाउन काउन्सिल र ब्लाकटाउन नेप्लिज कम्युनिटीले आयोजना गरेको कार्यक्रममा उनले साँस्कृतिक नृत्यहरू प्रस्तुत गरेकी थिइन । बिश्वबिद्यालय गएरर मेडिकल बिषय पढ्ने योजना रहेको घिमिरेले नेप्लिज अस्ट्रेलियनलाई सुनाइन् ।

सात बर्षको उमेरमा सन् २०१० मा बिसिका घिमिरेले अस्ट्रेलिया आएकी हुन् । उनले कक्षा २ देखि अस्ट्रेलियाको विद्यालय शिक्षा शुरू गरेकी हुन् ।

बुबा सिताराम घिमिरेका अनुसार बिसिकाको सानैदेखि अध्ययन र खेलकुदमा रूची थियो । “छोरीको अध्ययन र अतिरिक्त कृयाकलापमा सहयोग होस भनेर आफुहरूले सँधै उनलाइ साथ दिएका छौ ।” बुबा घिमिरेले भने, “मेहनेत त छोरीले नै गरेकी हुन हामीले मात्र वातावरण बनाउने हो ।”

राज्यको शिक्षा बिभागले बिशेषा कार्यक्रम गरेर अर्को शैक्षिक टर्ममा यो पुरस्कार बितरण गर्ने जनाएको छ ।

अध्ययन, खेलकुद, नेतृत्व सीप, विद्यालय परिवारमा खेलेको भुमिकाको साथै मेहनेति, मिलनसार, जिम्मेवार, सहयोगी, सहभागिमुलक र दयालु जस्ता विशेषाताको अधारमा विद्यालयले यो पुरस्कारको लागि सिफारिस वा मनोनयन गर्दछ ।