MENU

अक्टोबर १६ देखि अस्ट्रेलिया–न्यूजिल्याण्ड यात्रा गर्न पाईने

सिड्नी । अस्ट्रेलियाले अक्टोबर १६ देखि न्यूजिल्याण्डसंगको यात्रा प्रतिबन्ध फुकुवा  गर्दैछ । उपप्रधानमन्त्री माइकल म्याककोरम्यानले पहिलो चरणमा न्यूजिल्याण्डबाट न्यू साउथ वेल्स र अस्ट्रेलियाको उत्तरी क्षेत्रमा क्वारेन्टाइनविनै यात्रा  गर्न पाइने बताए ।

आन्तरिक  आवागमन पनि सहज बन्दै

अस्ट्रेलियालेको क्वीन्सल्याण्ड राज्यले अन्तत न्यू साउथ वेल्ससंग जोडिएको सिमामाथिको प्रतिवन्ध फुकुवा थर्ने निर्णय गरेको छ । शुक्रबार जारी गरिएको एक रोडम्याप अनुसार नोभेम्बर एक तारिखबाट न्यू साउथ वेल्सबाट आगन्तुकहरु र फर्केका बासिन्दाहरुले क्वाइरेन्टाइनविनै क्वीन्सल्याण्ड प्रवेश गर्ने सक्नेछन् ।

तर सो राज्यले एउटा सर्त अघि सारेको छ । जुन न्यू साउथ वेल्सका लागि कम्तिमा २८ दिनसम्म स्थानीयमा कोरोनाभाईरसको संक्रमण फेला नपरेको हुनुपर्नेछ ।  यता राज्यमा प्रवेश गर्ने जो कोहीलाई पनि क्वीन्सल्याण्ड बोर्डर डिक्लेरेसन पास चाहिन्छ ।

यसैवीच तास्मानिया राज्यले पनि अक्टोबर २५ तारिख देखि एनएसडब्लु वाहेकका राज्यसंगको यात्रा प्रतिबन्ध खुकुलो बनाउने  घोषणा गरेका छ ।