MENU

एमाले सांसदले ‘फ्लोर क्रस’ गर्दा जोगियो कर्णाली प्रदेश सरकार

Chief Minister of Karnali Province, Mahendra Bahadur Shahi.
Karnali Province Assembly (PA) has passed with majority Chief Minister Mahendra Shahi’s motion seeking vote of confidence Friday.

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ। २२ जना सांसदले विश्वासको मत दिएपछि मुख्यमन्त्री शाहीको पद जोगिएको हो।

शाहीका पक्षमा २२ र विपक्षमा १६ मत परेको थियो। मुख्यमन्त्रीलाई सत्तारूढ दल माओवादी, नेपाली काँग्रेस र एमालेका सांसद नन्दसिंह बुढा, प्रकाश ज्वाला, अम्मरबहादुर शाही र कर्मराज शाहीले विश्वासको मत दिएका हुन्। फ्लोर क्रस गर्ने सबै एमालेको माधवकुमार समूहका नेता हुन्।

३९ सदस्यीय कर्णाली प्रदेश सभामा माओवादीका १२, काँग्रेसका ६, एमालेमा सभामुख राजबहादुर शाहीसहित २० र राप्रपाका १ जना सांसद छन्। मतदान प्रक्रियामा ३७ सांसद सहभागी भएका थिए।

प्रदेश सभाको सबै भन्दा ठूलो दल एमालेले चैत ५ गतेबाट सरकारलाई दिएको समर्थन मुख्यमन्त्रीको पद धरापमा परेको थियो। एमालेले समर्थन फिर्ता लिएको २९ दिनपछि शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिएरका हुन्।

विश्वासको मत पाएसँगै शाही नेतृत्वकै सरकारले निरन्तरता पाएको छ। यसअघि प्रतिपक्षमा रहेको कांग्रेस अब सरकारमा सहभागी हुने सम्भावना छ।

प्रदेशसभाको अर्को बैठक १० गते बस्ने भएको छ।