MENU

एन एस डब्लु र भिक्टोरियामा कोभिड -१९ आइसोलेसन सम्बन्धी नियम परिवर्तन

COVID-19 isolation rules to change in NSW and Victoria
सिड्नी ।  न्यु साउथ वेल्स र भिक्टोरिया राज्यका बासिन्दाहरुले कोरोना भाइरस संक्रमितको सम्पर्कमा आएको कारण एक हप्ता सम्म आइसोलेसनमा बस्नु पर्ने नियाममा परर्वतन भएको छ ।

आउने शुक्रबार २२ अप्रिल साँझ ६ बजे देखि दुबै राज्यहरुमा संक्रमितको सम्पर्कमा आएको ब्यक्ति आइसोलेसमा बस्न नपर्ने भएको छ । घसायसी रुपमा कोरोनाको संक्रमितको सम्पर्कमा भएको ब्यक्ति स्वतन्त्र रुपमा घरबाट बाहिर जान सक्ने तर पाँच दिन सम्म नियमित रुपमा र्र्यारपिट एन्टिजेन टेस्ट गर्नु पर्ने छ ।

वर्तमान जारी नियमहरुलाई केही सहज बनाएको बारे जानकारी दिदै न्यु साउथ वेल्सका प्रिमियर डोमिनिक पेरोटेले होटल क्वारेन्टिन, अनिवार्य रुपमा कोरोना बिरुद्धको खोप र बिना होटेल क्वारेन्टिन अस्ट्रेलियामा यात्राका बारेमा पनि जारी प्रतिबन्धहरुमा परिवर्तन हुने बताए ।

शुक्रबार साँझबाट लागुहुने गरि भएको परिवर्तन

बुधवार सार्वजनिक भएको नयाँ नियमा अनुसार संक्रमितको सम्पर्कमा आएको ब्यक्ति च्च स्वास्थ्य सम्बन्धी उच्च जोखिम भएका अस्पतालहरु र एज केयर केन्द्रमा जान पाउँदैन ।

घर बाट बाहिर इन डोर स्थलहरुमा रहँदा अनिवार्य माक्स लगाउनु पर्नेछ ।

दैनिक रुपमा रर्यापिट एन्टिजेन टेस्ट गर्नु पर्नेछ ।

संक्रमित र परिवारका सदस्यहरुले सम्भव भए सम्म घरबाटै काम गर्नु पर्नेछ ।

संक्रमितको सम्पर्कमा आएको ब्यक्तिपनि पोजेटिभ भएमा एक हप्ता सम्म आइसोलेसनमा बस्नु पर्छ ।

केही महत्वपूर्ण रोजगारिको क्षेत्रमा कोरोना बिरुद्ध अनिवार्य खाेपको नियम खारेज गरिएको छ ।

बृद्ध सेवा गृह र अपाङगता सेवामा भने कामदारहरुले अनिवार्य रुपमा कोरोना बिरुद्धको खोपको मात्रा पुरा गरेको हुन पर्नेछ ।

यही ३० अप्रिल देखि कोरोना बिरुद्धको खोपको नलगाएका यात्रुहरुले पनि बिना होटेल क्वारेन्टिन अस्ट्रेलियामा यात्रा गर्न सक्नेछन् ।

दुबै राज्यहरुमा कोरोना भाइरसको संक्रमण भएको ब्यक्ति भने एक हप्ता सम्म आइसोलेसनमा बस्नु पर्ने नियम कायम नै छ ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियामा मे २१ मा आम निर्वाचन; प्रमुख दलहरूद्वारा प्रचार प्रसार तिब्र