MENU

कोभिड–१९ संक्रमणबाट मंगलबार ७७ जनाको मृत्यु

कोभिड–१९ संक्रमणको कारण अस्ट्रेलियामा एकै दिन ७७ जनाले ज्यान गुमाएका छन् ।

तथ्यांक अनुसार एनएसडब्लूमा ३० र भिक्टोरिया राज्यमा ३४ जनाको कोभिड–१९ संक्रमणको कारण मृत्यु भएको हो ।

त्यसैगरी, क्वीन्सल्याण्ड राज्यमा १० जनाको निधन भएको छ भने दक्षिण अस्ट्रेलियामा तीन जनाले कोभिड–१९ संक्रमणको कारण जीवन गुमाएका छन् ।

यसबाहेक, अस्ट्रेलियाको अन्य क्षेत्रमा मंगलबार कोरोना संक्रमणको कारण मानिसको निधन भएको छैन ।

कोरोना संक्रमण भएर एनएसडब्लूमामा २७ सय ४९ जना अस्पतालमा भर्ना भएका छन् । त्यसमध्ये, १८३ जना विरामी आइसीयूमा र ७० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

भिक्टोरियामा ८५१ जना अस्पतालमा छन् । सोमबार ८७३ जना अस्पतालमा कोभिड–१९ को उपचार गराइरहेका थिए । मंगलबार विरामीको संख्या घटेको हो ।

त्यसैगरी, तास्मानियामा १०६ जना कोभिडका विरामीले सघन उपचार गराइरहेका छन् ।