MENU

एन एस डब्लुमा ८० प्रतिसत दोहोरो खोपको लक्ष्य पुरा; प्रतिबन्धहरू खुकुलो हुँदै

NSW has reached 80% double vaccination and restrictions have eased further
NSW has reached 80% double vaccination and restrictions have eased further.

न्यु साउथ वेल्स राज्यमा ८० प्रतिसत डबल डोज खोपकोमात्रा पुगे सँगै राज्यमा केही प्रितबन्धहरूमा खुकुलो भएका छन् । १८ अक्टोबर सोमबार बाट लागुभएको यो परिवर्तन दोहोरो मात्रा खोप लगाएकाहरूको लागि मात्र हुने छ ।

राज्यमा सामुदायिक खेल सुचारु हुनेछ, धेरै साथीहरु र परिवारको पुनर्मिलन हुनेछ र अब उपरान्त विवाह र अन्त्यष्टिमा पाहुनाहरुको लागि सिमा हुनेछैन। अब कार्यालयहरूमा मास्क पनि आवश्यक पर्दैन, र आतिथ्य स्थलहरु भित्र र बाहिर बसेर पिउन र नृत्य गर्नका लागि अनुमति छ।

१ नोभेम्बरबाट आतिथ्य स्थलहरूको लागि स्थान सुरक्षित बुक गर्दा सिमा तोकिने छैन। साथै १ नोभेम्बर देखि, न्यु साउथ वेल्स सरकारले क्वारेन्टाइनको  आवश्यकता र बिदेशी आगमहरूको सिमा हट्नेछ । यसको लागि सरकारले मान्यता दिएको खोपको दुबै मात्रा लगाएको हुनुपर्छ । जसले बिदेशमा फसेका अष्ट्रेलियालीहरुलाई यो बर्षको अत्य भन्दा पहिले घर फर्कन मद्दत गर्दछ ।

पूर्ण रुपमा खोप लगाएका यात्रुहरु पहिले नै क्वारेन्टाइनमा छन् भने कम समय भएता पनि नोभेम्बर १ मा क्वारेन्टाइनको आवश्यकता पूरा गर्नेछन।

बिदेशबाट आउनेहरु जो पूर्णरुपमा खोप लगाएका छैनन् उनीहरु प्रति हप्ता २१० जनामा सीमित  हुनेछन् र उनीहरु अनिवार्य १४ दिनको होटल क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ।

बृहत(ग्रेटर) सिड्नी (ब्लूमाउन्टेन्स, वोल्लोंगोग, शेलहाबार र सेन्ट्रल कोस्ट सहित र रिजनल एन एस डब्लु बीच यात्राको लागि यी क्षेत्रहरूका मानिसहरूलाई आफ्नो दोस्रो भ्याम्क्सन  प्राप्त गर्न अधिक समय होस भनेर नोभेम्बर १ बाट अनुमति दिइने छ ।

प्रिमियर डोमिनिक पेरोटेटले भने, “प्रतिबन्ध खुकुलो बनाउँदा र बिदेशी यात्रीहरुको फिर्ताले पारिवारिक पुनर्मिलन गर्न र अर्थव्यवस्थालाई उ्लेख निय बृदि गर्न मद्दत पुग्नेछ ।”

भित्र प्रति ४ वर्ग मिटर एक व्यक्ति र बाहिर प्रति २ वर्ग मिटर एक व्यक्ति हुने गरेर सबै परिसरहरुको सञ्चालन गर्नु पर्ने छ । एन एस डब्लु पुन: खोल्ने रोडम्याप अनुसार पहिले नै घोषणा गिरएका थप प्रतिबन्ध १ डिसेम्बरबाट खुकुलो हुनेछ।

तपाईंको खोप प्रमाणापत्र प्रति कसरी डाउनलोड गर्ने थाहा पाउनको लागि Services Australia website जानहुोस।  यदि तपाइले किभड १९ खोपको लागि स्थान सुरक्षित गर्नु भएको छैन भने कृपया जतिसक्दो चाँडो स्थान सुरक्षित गर्नुहोस ।

पछिल्लो जानकारी र ८० प्रतिसत दोहोरो खोप पछिको रोडम्याप हेर्नका लागि र प्रतिबन्ध हटाउने बारे जान्न, nsw.gov.au मा जानुहोस।

याे पनि पढ्नुहाेस् ।

Ministers Extend Dashain 2021 Greetings to the Australian Nepalese Community