MENU

अन्तराष्ट्रिय बिद्यार्थीलाई एक्सपर्टले निःशुल्क फ्लुको भ्याक्सिन वितरण गर्ने

Expert Education - Free Flu Vaccinationसिड्नी । बिश्वका अन्य मुलुकहरुमा गर्मी मौसम सुरु हुदै गर्दा, अस्ट्रेलियामा भने दिना नुदिन जाडो बढि रहेको छ ।

मौसम परिवर्तन भएर चिसो बढेसंगै मौसमी जाडो, रुघा–खोकि, तथा कमजोरीले प्रत्येक बर्ष एक न एक पटक सबैलाई सताएकै हुन्छ ।

अस्ट्रेलियामा भने यसबाट बच्न बर्षमा एक पटक फ्लु भ्याक्सिन लगाईन्छ । यहि फ्लु भ्याक्सिन अब एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई निःशुल्क दिनेभएको छ ।

प्रतिष्ठित बिमा कम्पनी बुपा संगको सहकार्यमा, एक्सपर्ट एजुकेशनले फ्लु भ्याक्सिनको भौचर बितरण गर्न लागेको हो ।
एक्सपर्ट एजुकेशनले यही मे १४ मा जारी गरेको बिज्ञप्ति अनुसार बिद्यार्थीहरु प्रति लक्षित गरीएको यो कार्यक्रमले उनिहरुलाई जाडोसंगै आउने बिभिन्न रोगहरुबाट बच्न मद्धत गर्छ ।

थोरै काम अनि धेरै पढाईमा समय बिताउने बिद्यार्थीहरुलाई सो भ्याक्सिन अति उपयोगी छ । सजिलो कुरा त के भने, बिद्यार्थीहरुले भौचरलाई अनलाईन मार्फत आफुलाई पायक पर्ने समय र स्थानको फार्मेशी बाट शो भ्याक्सिन लगाउन सक्नेछन् ।

भौचर प्राप्त गर्न इच्छुक बिद्यार्थीहरुले आफ्नो फोटो आईडि सहित अस्ट्रेलियामा रहेका एक्सपर्ट एजुकेशनको चौध वटा शाखामध्ये कुनै एक शाखामा जानुपर्ने हुन्छ ।

बिरामी भएर घरै बस्नुपर्यो भने आफ्नो पढाई र दैनिकिमा असर पर्नुको साथै, शारीरीक र मानसिक तनाब बढ्छ । रोग लागिसकेपछि पिर लिनु भन्दा समयमै सावधानि अपनाउनु चै बुद्धिमानि हुन्छ ।

MoMo World Record: Endeavour to Help Covid Victims in Homeland