MENU

फलोअपः क्विन्सल्याण्डको मुन्डाबेरा कृषि फार्ममा डेढ सय कामदार माग

Bashu dahal Nepalese Farm worker at Mundubbera, Queensland
अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा रहेको एक फलफूल फार्म, फाटाे: बासु दाहाल

ब्रिजवेन । क्विन्सल्याण्डको मुन्डाबेरा कृषि फार्ममा डेढ सय कामदारको माग भएको छ । उक्त कृषि फार्ममा कामदारको संयोजन गरिरहेका बासु दाहाले ब्लुवेरी टिप्न डेढ सय कामदारको आवश्यकता रहेको नेप्लिज अस्ट्रेलियनलाइ बताए । दाहालले बिगत एक दशक देखि क्विन्सल्याण्डको फार्महरूमा रोजगारीका लागि सहयोग गर्दै आएका छन् ।

हाल फार्ममा दुई सय कामदारले काम गरिरहेको भएपनि सिमा बन्द हुँदा बाहिरबाट मानिसहरु आउन नसकेका कारण फार्ममा कामदार अभाव भएको हो ।

व्रिजवेनबाट चार सय किलोमिटर दुरीमा रहेको फार्ममा कागती र सुन्तुला टिप्ने काम सकेर ब्लुवेरी टिप्ने सिजन शुरु भएको छ ।

वर्किङ राईट्स र भ्यालिड भिसा भएका कामदारलाई मात्र लिने बताउँदै दाहाल भने “कोभिड सेफ जोनबाट आएका कामदारलाई मात्र लिन्छौ।”

उक्त फार्ममा कामदारले सिजन अनुशार एभरेजमा दैनिक दुई सय भन्दा माथि कमाउदै आएका छन ।

अस्ट्रेलिया बिभिन्न राज्यहरुमा रहेका कृषि फार्महरुमा फलफूल तरकारी हारभेस्ट गर्ने सिजन शुरु भैसकेको छ । तर कोरोना भाइरसका कारण कामदारहरको अभाव भएको छ भनेर किसनहरुले चिन्ता ब्यक्त गरेका छन् ।

याे पनि पढ्नुहाेस् ।

क्वीन्सल्याण्डका कृषि फामहरुमा कामदार अभाव ; हप्ताको ३८ सय डलर अफर