MENU

हिंसात्मक अतिवाद नियन्त्रण गर्न सरकारले ६० मिलियन अस्ट्रेलियन डलर खर्च गर्ने

अस्ट्रेलिया सरकारले अतिवादीहरुलाई नियन्त्रण गर्नको लागि ६० मिलियन अस्ट्रेलियन डलर खर्च गर्ने भएको छ ।

कोभिड–१९ महामारी र सांसदहरुको सुरक्षाको सन्दर्भमा आएका चुनौती सामाना गर्नका लागि उक्त रकम खर्च गर्न लागिएको संघीय सरकारका गृहमन्त्री करेन एन्ड्य्रुजले बताएकी छिन् ।

गृहमन्त्री एन्ड्य्रुजले कुनै राजनीतिक, धार्मिक र वैचारिक उद्देश्य प्राप्त गर्नका लागि कसैले डर त्रास देखाउँछ भने त्यसमा शून्य सहनशिलता अपनाउने बताएकी छन् ।

अस्ट्रेलिया शान्तिपूर्ण, सहिष्णु र सामञ्जस्यपूर्ण देश भएकाले कसैले समाजमा कसैले डर, घृणा फैलाउनेप्रति आँखा चिम्लेर बस्न नसक्ने एन्ड्य्रुजले बताइन् ।

हिंसा फैलाउन चाहनेहरुका विभिन्न योजना र विचारधाराहरु हुन सक्ने भन्दै उनीहरुलाई अस्ट्रेलियामा प्रवेशको अनुमति नरहेको उनले बताइन् ।