सुभा । प्रसान्त महासागरकाे टापु देश फिजीमा रहेका नेपालीहरुले भब्यताकासाथ दशैं मनाएका छन् ।
हाल फिजीमा बिभिन्न अन्तराष्ट्रिय निकायहरुमा कार्यरत नेपालीहरु र एक सय ५० बर्ष भन्दा अघिदेखि फिजीमा स्थायी बसोवास गरिरहेका नेपाली मुलका फिजीयनहरुको पछिल्लो पुस्ताले सामुहिक रुपमा शनिबार ३१ अक्टोबरमा दशैं मनाएका हुन ।
फिजीमा रहेर युनिभर्सल पिस फेडरेसनमा कार्यरतर सन्तोश न्यौपानेका अनुसार दशैं मनाउन फिजीको राजधानी सुभाबाट सात नेपाली परिवार नेपाली मुलका फिजीएनहरु भएको गाउँमा तिन घण्टा यात्रा गरेर पुगेका थिए ।
फिजीको कावानागासु गाउँमा आयोजित भब्य दशैं शुभकामना तथा सह्भोज कार्यक्रममा सहभागी नेपालीहरुलाई फिजीएन नेपालीहरुले स्थानिय फुलका माला तथा सेतो रङ लगाइ दिएका स्वागत गरेका थिए ।
झण्डै तिन घण्टा चलेको दशै कार्यक्रममा नेपाली गीत संगितमा नाचगान र दशै परिकार तथा दशैंका टिका लगाईएको थियो । कार्यक्रममा नेपाली मुलका फिजीयनहरुको पुस्ताको बारेमा धेरै जिज्ञासा राखेको न्यौपाने बताउँछन् ।
स्थानिय फिजीएन भोजनमा रमाएका नेपालीहरुले डेड सय बर्ष अघि आएका नेपालीहरुका पछिलो पुस्ताले नेपाल नबिर्सिएकामा आफुहरु निकै हर्शित भएको बताए ।
सुभाबाट कावानागासु पुगेका सन्तोश न्यौपानेले भने, हामीलाइ निकै माया र सद्भावना दिने फिजीयन नेपालीलाई हाम्रो सम्मान छ ।
सन् १८७९ मे १५ मा कलकत्ताबाट फिजिको शुभा पुगेको पहिलो जहाज ‘लियोनिदास’ ले नेपाली पाइलालाई फिजी टापुमा पुर्याएको थियो । ४६३ जना यात्रु बोकेको जहाज ७५ दिन लगाएर कलकत्ताबाट फिजी टापु पुर्याईेको थियो ।
यो पहिलो जहाजमा कति नेपाली थिए त्यसको कुनै तथ्यंङ्क भेटिंदैन तर सिङाटोकाका एक नेपाली भन्छन् ‘हरेक जहाजमा ४०-५० जना देखि १ सय सम्मको संख्यामा नेपालीहरू रहेको हामीहरूले सुन्दै आएका छौं ।
सन् १८७९ देखि १९१६ सम्म भारतबाट फिजी पुगेका कुल ८७ जहाजमा नेपाली कती पुगेका थिए भन्ने एकिन छैन तर त्यो सख्या ५ हजार भन्दा काम नभएको अनुमान छ ।
हाल यो संख्या विस्तारित भएर १० हजारको हारहारिमा पुगेको इनसाइकोपिडिया ले उल्लेख गरेको छ । फिजिको ठुलो टापु ‘मेन्ल्यान्ड ‘ भीती लेभु ‘ र ‘भाउनुवा लेभु’ अन्तर्गतका सिङाटोका रलम्बासामा नेपालीहरूका तेस्रो पुस्ता भेट्न सकिन्छ । राइ, घर्ती, मगर, थापा, न्यौपाने, पराजुली, तमाङ लगायतका थर भएका नेपालीहरू भेटिने सो ईलाकामा नेपाली बोल्ने नेपाली भने कोहि पनि भेटिन्न्न ।
उनिहरूको चुलामा अझै गुन्द्रुक, सेल, ढिंडो, नेपाली, परीकार पाक्छ, भेष भुषामा अझै टोपी लगाउंछन् , चाड पर्वमा दषैं तिहार, मनाउंछन् । अनुहार हेर्दा नेपाली छ तर कुरा गर्न थाल्यो उनिहरूको भाषा पुरै हिन्दी र अङग्रेजी मात्र छ ।
करिव एक सय पचास वर्षको ईतिहास नेपालीहरूको फिजिमा छ तर यो समुदायको प्रवर्द्दनमा न त फिजी सरकारले साथ थियो न त नेपालले नै हामीलाई खोज्यो “फिजी नेपाली अशोसिएशनका महासचिव विजेन्द्र सिंह गुनासो गर्छन् ।”