MENU

नारी निकुञ्ज अस्ट्रेलियाले नारी दिवस विशेष कार्यक्रम आयोजना गर्ने

सिड्नी ।  नारी निकुञ्ज अस्ट्रेलियाले नारी दिवस २०२२को अवसर पारेर विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

‘ब्रके द बायस’ थिम बनाएर नारी दिवसको विशेष कार्यक्रम आयोजना गर्न लागिएको नारी निकुञ्ज अस्ट्रेलियाको राष्ट्रिय संयोजक मञ्जु खड्काले बताइन् ।

नारी निकुञ्ज अस्ट्रेलिया र अस्ट्रेलियन फर वमन्स हेल्थ र रोटरी पासपोर्ट मेलवर्नसँगको सहकार्यका न्यू साउथ वेल्समा यहि मार्च ५ मा कोष संकलन कार्यक्रम आयोजना गर्न लागिएको खड्काले बताइन् ।

उक्त कार्यक्रममा संकलन भएको नगद नेपालको ग्रामिण क्षेत्रमा सुविधासम्पन्न मातृ शिशु अस्पताल बनाउनको लागि खर्च गरिने उनले बताइन् ।

नेपालको ग्रामिण क्षेत्रमा सुविधा सम्पन्न मातृशिशु अस्पताल बनाउन सके प्रजनन स्वास्थ्य उपचारबाट वञ्चित नारीहरुको जीवन बचाउन र विपन्न महिलाहरुको सम्मानमा काम गर्न सकिने खड्काले बताइन् ।

उक्त अस्पताल स्थापना अभियानमा स्त्री–रोग विशेषज्ञ एवं सर्जन डाक्टर रे हडसनले सहयोग गरिरहेका छन् ।

नारी निकुञ्ज अस्ट्रेलियाले कार्यक्रमा सहभाीताको लागि आह्वान गरेको छ ।
कार्यक्रममा सहभागीताको लागि निम्न उल्लेखित लिंकबाट अनलाइन टिकट बुक गर्न मिल्ने बताइएको छ ।

https://www.eventbrite.co.uk/e/international-womens-day-celebration-2022-tickets-263585941647

याे पनि पढ्नुहाेस् ।

बाढी पीडितको सहयोगार्थ एनआरएनए अस्ट्रेलियाले थाल्यो सहयोग संकलन अभियान