MENU

अन्तराष्ट्रिय अनलाईन गायन प्रतियोगिताका लागि नोभेम्बर १५ सम्म आवेदन दिन सकिने

Hall of Fame season 2

मेलबर्न । अन्तराष्ट्रिय अनलाईन गायन प्रतियोगिता “हल अफ फेम सिजन -२” मा सहभागी हुन चाहनेहरुले आगामी नोभेम्वर १५ सम्म आवेदन दिन सक्ने छन् । नेपाल र नेपालभन्दा बाहिर विश्वका कुना कुनामा छरिएर रहेका नेपालीहरुले सो कार्यक्रममा भाग लिन सक्ने आयोजक एम एन टिभी ले जनाएको छ ।

निर्धारित समयसीमा भित्र प्राप्त भएका गीतहरुमध्येबाट टप ५० को छनोट गरी निर्णायक मण्डल समक्ष प्रस्तुत गरिने र त्यसपछि क्रमशः खुला प्रतिस्पर्धामा समावेश गर्दै सर्वोत्कृष्ट गायक वा गायिकाको चयन हुने एम एन टिभीले शनिवार २४ अक्टोबरमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

आम दर्शकले अफिसियल फेसबुकमार्फत अभिव्यक्त गरेको मत र निर्णायक मण्डलको मूल्यांकनका आधारमा निर्णय हुने बताईएको छ ।

हल अफ फेम सिजन २ को निर्णायकको भूमिकामा वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठ र चर्चित गायिका रजिना रिमाल रहनुहुनेछ । कार्यक्रममा युवा पुस्तालाई जोड्दैजाने अभिप्रायले यसको सञ्चालन गर्ने जिम्मेवारी मिस ओसेनिया नेपाल २०२० जेमिना श्रेष्ठलाई दिएको एमएन टिभी अस्ट्रेलियाले जनाएको छ ।

हल अफ फेम सिजन २ उपाधि जित्ने प्रतियोगीले पाँच लाख नेपाली रुपैयाँ बराबरको प्याकेज प्राप्त गर्नेछन् । जसमा एक लाख नगद, गीत रेकर्ड, म्युजिक भिडियो निर्माण लगायतको प्याकेज समावेश छ ।

कार्यक्रमलाई नै समर्पित गर्दै आयोजकले छुट्टै वेवसाईट  पनि सञ्चालनमा ल्याएको छ । यो वेवसाईटमा हल अफ फेमसँग सम्बन्धित सबै सूचना तथा सामग्रीहरु प्रकाशित हुनेछ ।

Hall of Fame season 2