MENU

होबार्टमा हराएका हेम सकुशल भेटिएको प्रहरीको भनाई

होबार्ट ।  तास्मानिया प्रहरीले विगत ६ दिन देखि हराई रहेका नेपाली भाषी हेम विश्वको खोजिको लागि सहयोग गर्न सार्वजनीक अपिल गरेको  ४/५ घण्टा पछि सकुशल फेला मंगलबार साँझ  उनलाई   होवार्टबाटै फेला पारेको  छ ।

प्रहरीले हेम हराएको सूचना शेयर गर्नै सवैमा धन्यवाद दिदै उनी सकुशल रहेकाे सवैमा जानकारी गराएकाे  छ ।

प्रहरीले हेम हराएको सूचना जारीगरेपछि  अस्ट्रेलियाका नेपाली अनलाइन मिडियाले समाचार प्रकाशन गरेका थिए भने हराएकाे सूचना नेपाली समुदायले सामाजिक संजालमा ब्यापक शेयर गरेका थिए ।

यस अघि तास्मानिया प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेजमा सूचना जारी गरी हराएका भनिएका हेमको हुँलीया  सहितको फोटो सार्वजनीक गरेको थियो  । यसैवीच  गैर आवासीय नेपाली संघ अस्ट्रेलिया,  तास्मानिया राज्यका संयोजक सन्देश परियारले पनि हेम  भेटिएको पुष्टि गरेका छन् ।

याे पनि पढ्नुहाेस् । 

होबार्टबाट हेम हराए, प्रहीलाई खवर गर्न अनुरोध