एनएसडब्लु इन्भारोमेन्टल प्रोटेक्सन अथोरिटी (EPA) समाजमा Household Chemicals and Problem Waste फोहोर व्यवस्थापन का लागि विभिन्न जनचेतना अभियानका लागि जिम्मेवार रहेको छ । यसले उद्योग, व्यापार तथा समुदायमा फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ र यसको पुन प्रयोगका लागि कस्ता अभ्यासहरु गर्न सकिन्छ भनेर विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
घरेलु फोहोर व्यवस्थापनका लागि एनएसडब्लु इपिएले दुईवटा कार्यक्रम आयोजना गरेको छ । यी दुई कार्यक्रमहरु एनएसडब्लु घरधनीमा लक्षित रहेका छन् । यो कार्यक्रममा कम्युनिटी रिसाइकलिङ सेन्टर्स Community Recycling Centre (सिआरसी) र हाउसहोल्ड केमिकल क्लिनआउट Household Chemicals Clean Out (एचसिसी) समावेश रहेको छन् ।
फोहोर व्यवस्थापनमा हुने कमीकमजोरी घटाउने तथा पुन प्रयोग गर्न सकिने प्रक्रियालाई पनि महत्वका साथ यि दुई कार्यक्रमले ठुलो सहयोग गर्ने आश लिइएको छ ।
केमिकल क्लिनआउट कार्यक्रमले कसरी काम गर्छ ? एनएसडब्लु इन्भारोमेन्टल प्रोटेक्सन अथोरिटी (EPA) ले स्थानीय परिषद र कन्ट्रयाक्टरसँग मिलेर काम गर्ने तथा क्लिन आउट कार्यक्रमलाई ग्रेटर सिड्नी क्षेत्रभरी लैजाने तयारी रहेको छ ।
यसका लागि उचित साइज, साइट तथा लोकशन तथा समयलाई समेत मध्यनजर राख्दै छान्नु पर्ने हुन्छ । क्लिनआउट कलेक्स्न Household Chemicals and Problem Waste हप्ताहप्तामा हुने गर्छन् । स्थलको व्यवस्थापनका लागि कन्ट्रयाक्टरहरु जिम्वार हुन्छन् । यसमा ट्राफिकका लागि लेन तथा सामाग्री व्यवस्थापनका लागि क्षेत्र समावेश गरिएका छन् ।
क्लिनआउट साइट विहान ९ बजे खुल्ने गर्छ । समुदायका सदस्यहरु त्यस समयमा आएर सामानहरु छोडनसक्छन् । कन्ट्रयाक्टरहरु आफै आएर सामानहरु लिएर जान्छन्, समुदायका सदस्यहरुलाई आफ्नो कारबाट निस्किरहनु पर्दैन । दिनको अन्तमा सबै सामानहरु एकिकृत गरेपछि पुन प्रयोग गर्न मिल्ने बनाउनका लागि लगिन्छ । पुन प्रयोग वा उचित व्यवस्थापनका लागि सुविधा मिलाइनेछ ।
घरमा हामीले दिनहु विभिन्न खाले सामाग्रीहरु प्रयोग गरिरहन्छौ ।
तर केही यस्ता फोहोरहरु हुन्छन् जुन व्यवस्थापन नगरेको खण्डमा खतरनाक बन्न सक्छन् ।
ति सामाग्रीहरु यस्ताछन्ः
यी केही यस्ता सामाग्रीहरु हुन् जुन प्राय हाम्रा घर, ग्योरज तथा कारमा सजिलै पाउने गर्छौ ।
क्लिनआउट कार्यक्रमले लक्षित गरेका घरधनीहरुले सिमितमात्र फोहोर सामाग्रीहरु जम्मा पार्नसक्नेछन् । उनीहरुले एकखाले आइटमा बढीमात्रामा २० किलोसम्म वा २० लिटरसम्म ल्याउन सक्नेछन् ।
घरबाट निस्किएको रसायनलाई Household Chemicals and Problem Waste मानिसहरुले सजिलै क्लिनआउट कलेक्सनमा ल्याएर जम्मा गर्न सक्छन् ।
यदी तपाईसँग पुराना तथा नचाहिने सामाग्रीहरु घर, ग्यारेज तथा गोठमा रहेका छन् भने तपाईले बढा सतर्कताका साथ सुरक्षित तवरले स्टोर गर्नुपर्छ । अर्को क्लिनआउट कलेक्सनसम्मका लागि तपाईले यसलाई गम्भिरताका साथ लिनुपर्नेछ । रसायनहरुलाई कहिल्यै पनि तातो, स्पाक्र्स तथा आगोको छेउ स्टोर नगर्नुहोस् ।
नचिन्ने प्रडक्टहरुलाई एउटा लेबल लगानुहोस् जस्तै ‘अननन्’ । केमिकल चिन्नुहुन्न भने अनुमान लगाउने काम नगर्नुहोस् । जम्मा गरिसकेपछि केमिस्टले कुन केमिकल हो भनेर ल्याव टेस्ट मार्फत पहिल्याउने काम गर्छन् । केमिकलहरु मिसाउने काम नगर्नुहोस् । यसको रियाकशनका कारण ठुलो समस्या आउनेछ । तपाई, तपाईको परिवारका सदस्यहरुलाई हानी गर्न सक्छ ।
केही यस्ता समाग्रीहरु जस्तै व्याट्रीहरु बेच्ने ठाउँमा फिर्ता लगिन्छ वा स्क्रयाप मेटल रिसाइकलर्सकोमा लगिन्छ । जस्तै पुराना नचाहिने औषधिहरु पुराना फार्मेसीमा फ्रिइ तथा सुरक्षीत व्यवस्थापनका लागिन्छ ।
यदि अर्को क्लिनआउट कलेक्सनसम्म पर्खन सक्नु भएनभने तपाईको स्थानीय फोहोर व्यवस्थापन सुविधाका लागि मोटर ओइल र पुनरावृतिकरणका लागि लिनसक्नुहुनेछ ।
आधुनिक घरमा धेरै केमिकलको प्रयोग हुनेगर्छ । सफा गर्ने देखि पेन्ट्ससम्म, पेस्टिसाइडदेखि मोटर ओइल्ससम्म । धेरै जसो यस्ता केमिकलहरुको गलत रुपमा व्यवस्थापन भइरहेको छ । अव्यवस्थित रुपमा व्यवस्थापन गर्न खोज्दा यसले वातावरणमा असर पार्ने र मानिसहरुको स्वास्थ्यमा गम्भिर असर पार्ने गर्छ । यसरी घरबाट निस्कने हानिकारक केमिकल एउटै गोदाममा स्टोर गर्दा झन् खतरनाक हुनेगर्छ ।
यस्ता धेरै सामानहरु पुन प्रयोग वा पुनरावृतिकरण गर्न सकिन्छ । तिनीहरुलाई ल्याण्डफिल्डमा लग्नुको सट्टा उचित व्यवस्थापन गर्नु फाइदाजनक हुन्छ । तपाई एक निर्णयले वातावरणमा सकारात्मक छाप जान सक्छ ।
पेन्ट्स, ओइल्स, लिड एसिड व्याट्रीहरु तथा ग्याँस सिलिण्डरहरु क्लिनआउट कलेक्सनमा ज्यादामात्रामा संकलन हुने गर्छन् ।
इथिनिक कम्युनिटी काउन्सिल न्यु साउथ वेल्सको तर्फबाट जारी समुदायिक संदेश ।