MENU

टर्कीमा दण्ड्हीनता बढ्दो  भोकहड्तालमा मानवअधिकारकर्मी इब्रु तिम्तिककाे मृत्यु   

एजेन्सी  ।  भोकहड्तालमा रहेकी   मानव अधिकारकर्मी इब्रु तिम्तिकको  २३८ दिनपछि  मृत्यु भएसँगै  विश्वभर  टर्कीको मानव धिकार  र कानुनी शासनका  बारेमा आलोचना  भएको छ ।

टर्कीको इस्तानवुलस्थित सिलभिरी जेलमा भोक हडतालमा रहेकी वकिल इब्रुको मृत्यु भएको थियो ।  युरोपेली संघका विदेश मामिला प्रवक्ता पिटर स्टानोले तिम्तिकको दुखद मृत्युले फेरी पनि के देखाएको छ भने टर्कीले मानव अधिकारको स्थितिलाई विश्वसनीय तरिकाले सम्बोधन गर्नेपर्ने तथा टर्कीको न्यायपालिकामा देखिएको कमजोरीहरुलाई सुधार गर्नुपर्ने देखिएको बताए ।

तिम्तिकका साथीहरुले बताए अनुसार अस्पतालमा मृत्यु हुदा उनको तौल केवल ३० केजी मात्र रहेको बताइएको छ । भोक हडताल सुरु गरेपछि टिमटिकसंगै अएटक उन्साललाई जुलाई महिनामै अस्पतालमा सारिएको बताइएको छ ।अन्तर्राष्ट्रिय तथा स्थानीय मानव अधिकारवादी संस्थाहरुले उनीहरुको रिहाईको माग गर्दै राष्ट्रपति रेकेप तैयिप इर्डोगानको शासनकालको न्यायालको निश्पक्षतामाथि प्रश्न गरेका थिए ।

यसैबीच, तिम्तिकका समर्थकहरुले इस्तानबुलको उत्तरी क्षेत्रमा रहेको चिहान पुग्दै तिम्तिक अमर रहेको तथा हत्यारा राज्य यसको लागि जिम्मेवार हुनुपर्ने नारा लगाउदै गर्दा सुरक्षाकर्मीले उनीहरुमाथि अश्रुग्यास प्रहार गरेको बताइएको छ । यसअघि पनि इस्तानवुल बार एसोसियसन अघि सुरक्षाकर्मी र टिमटिक समर्थकबीच झडप भएको थियो तथा एक जना वकिल पक्राउ परेको थियो ।

तिम्तिकको मृत्यु अघि यस्तै खाले मृत्यु अप्रिल र मे महिनामा दुईजना संगितकारहरु भएको थियो ।गत अक्टोवर महिनामा गैरकानूनी मार्क्सवादी संगठनसंग साठगाठ रहेको तथा अन्य थुप्रै आरोपहरुमा टर्कीको अदालतले १८ जनामाथि लामो समयसम्मको जेल सजाय सुनाएको थियो । विगतमा रेभोल्यूसनरी पिपल्स लिवरेसन पार्टी फ्रन्टले सन् २०१३ मा अंकारास्थित अमेरिकी दूतावासमाथि भएको बम आक्रमणको जिम्मेवारी लिएको थियो । उक्त घटनामा टर्कीस सुरक्षाकर्मी मारिएका थिए ।सन् २०१८ को सेप्टेम्बरमा पक्राउ परेकी टिमटिकलाई १३ वर्ष तथा ६ महिना तथा उन्साललाई १० वर्षको जेल सजाय सुनाएको थियो ।

युरोपेली संघको चासाे

युरोपेली संघले आतंकवादी संगठनसंगको सम्बन्ध रहेको आरोपमा पक्राउ परेका तथा २३८ दिनको भोक हडतालका कारण मृत्यु भएको वकिल इब्रु तिम्तिकको मृत्युप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।युरोपेली संघका अनुसार भोक हडतालका कारण यसै वर्ष मृत्यु हुने उनी चौथो कैदी हुन र यस अघि ग्रुप योरुम व्याण्डका दुई संगितकार हेलिन बोलेक र इब्राहिम गोकेक तथा अर्का कैदी मुस्तफा गोकेकको मृत्यु भएको थियो र उनीहरुको परिवारलाई समवेदना व्यक्त गरिएको छ ।

युरोपेली संघले आफूहरुको निश्पक्ष कानूनी कारवाहीको लडाईको दुखद परिणामले देखाएको छ कि टर्कीको अधिकारीहरुले पछिल्ला वर्षहरुमा विगरिएको मानव अधिकारको स्थितिलाई विश्वसनीय तरिकाले सम्बोधन गर्नेपर्ने तथा न्यायपालिकामा देखिएको कमजोरीहरुलाई सुधार गर्नुपर्ने छ ।
साथै टर्कीले तत्काल कानूनको शासन र मौलिक स्वतन्त्रताको ठोस प्रगति प्रदर्शन गर्न आवश्क रहेको युरोपेली संघले जनाएको छ ।