MENU

राजिनामा नदिने प्रिमियर ग्लाडिस बेरेजिक्लियनको अडान; आयोगको छानबीन अझै जारी

Gladys Berejiklian and Daryl Maguire PhotoABC News
Gladys Berejiklian and Daryl Maguire Photo: ABC News

सिड्नी । न्यु साउथ वेल्स राज्यको भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोगले पूर्व सांसद डारिल मग्वायरले गरेको भ्रटाचारको छानबिनका क्रममा प्रिमियरको ग्लाडिस बेरेजिक्लियन पनि मुछिएकी छन् ।

गएको सोमबार, स्वतन्त्र आयोग समक्ष बयान दिंदै प्रिमियर बेरेजिक्लियनले मग्वायरसँग आफ्नो “घनिस्ट सम्बन्ध” रहेको र एक महिना अगाडी सम्म पनि आफु मग्वायरको सम्पर्कमा रहेको बताइन ।

आयोग समक्षको बयान पछि आयोजना गरिएको एक पत्रकार सम्मेलनमा प्रिमियर बेरेजिक्लियनले आफुले गल्ति गरेको बताइन । तर त्यस बापत राजिनामा दिने चाहिं आफ्नो कुनै योजना नरहेको भनाइ रहेको थियो ।

“जे भयो त्यसप्रति म धेरै दुखित छु, तर म न्यु साउथ वेल्स निवासीहरुलाई आश्वस्त पार्न चाहन्छु कि मैले सधैं राज्यको हीतलाई प्राथमिकतामा राख्दै आएकी छु, मैले गर्ने सबै काममा ।” उनले भनिन् ।

आयोगको छानबीन अझै जारी

व्यक्तिगत फाइदाका लागि आफ्नो पदको कथित दुरुपयोग गरेको आरोप लागेका पुर्व सांसद डारिल मग्वायर माथि भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोग द्वारा छानबीन जारी राखेको छ ।

Independent Commission Against Corruption (ICAC)
Independent Commission Against Corruption (ICAC) inquiry Photo: screenshot

मग्वायरले सन् २०१८ मा संसद बाट राजिनामा दिएका हुन् जब एक छुट्टै छानबीनको क्रममा भवन निर्माण व्यवसायीहरुको सहयोगका लागि आफुले पैसा मागेकोबारे उनले स्वीकार गरेका थिए ।

आयोगले बुधवार र बिहिवार पूर्व संसद मग्वायरसँग बयान लिएको थियो । बयानका क्रममा प्रिमियर बेरेजिक्लियन र पूर्व संसद मग्वायर बीचका ब्यक्तिगत सम्बन्धका धेरै तथ्यहरु बाहिर आएका छन् ।

विपक्षी नेत्री जोड़ी मकाईद्धारा प्रिमियर बेरेजिक्लियनलाई एक “ठग” को संज्ञा

न्यु साउथ वेल्स कि विपक्षी नेत्री जोड़ी मकाइले चाहिं प्रिमियर बेरेजिक्लियनलाई एक “ठग” को संज्ञा दिंदै आफ्नो पद बाट राजिनामा दिनुपर्ने माग गरेकी छन् ।

“भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोग समक्ष उनले दिएको यतिको ठुलो बयान पछि, उनि यस राज्यको प्रिमियर रहिरहने अवस्थामा रहेकी छैनन् ।” लेबर नेत्रीले भनिन् ।

विपक्षी नेत्री जोड़ीले बुधवार न्यु साउथ वेल्स पार्लिलयमेन्टमा अविश्वासको प्रस्ताव पेश गर्दै भ्रटाचारमा मुछिएकोले राजिनामा माग गरेकी थिइन ।

प्रिमियर बेरेजिक्लियनलाई लिभरल पार्टीको साथ

भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोगले पूर्व सांसद डारिल मग्वायरले गरेको भ्रटाचार प्रिमियरको ग्लाडिस बेरेजिक्लियन मुछिएको बारेमा छानबीन अझै जारी राखेको छ ।

तर प्रिमियरको बेरेजिक्लियनले भने प्रधानमन्त्री स्कट मरिसन, आफ्नै लिभरल पार्टी र लिभरलबाट न्यु साउथ वेल्स संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको पूर्ण साथ रहेको छ ।

सिड्नीको पश्चिममा बन्दै गरेको ब्यजरीक्रक एअरपोर्टका लागि अत्यावश्यक जग्गा खरिदको क्रममा अर्थिक हिमानमिना भएको आरोप पूर्व सांसद डारिल मग्वायरलाई लागेको छ । जसको अनुसान्धको क्रममा प्रिमियरको ग्लाडिस बेरेजिक्लियन पनि मुछिएकी हुन् ।

याे पनि पढ्नुहाेस् ।

के हो दोष रहित (ब्लेम्लेस) दुर्घटना ? कस्तो अवस्थामा क्षतिपूर्ति पाइन्छ ?