MENU

सिड्नी सिटी सहित चार काउन्सिल क्षेत्रमा एक हप्ता लकडाउन

COVID-19 lockdown restrictions have been announced for four Sydney LGAs
COVID-19 lockdown restrictions have been announced for four Sydney LGAs

सिड्नी । न्यु साउथ वेल्स राज्यमा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि राज्य सरकारले हटस्पट क्षेत्रमा लकडाउन गर्ने भएको छ ।

राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले २५ जुन शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सिड्नीका चारवटा स्थानिय निकायहरुमा मध्यरातदेखि लकडाउन गरिने जानकारी दिएकी हुन् ।

सिड्नी सिटी सहित रेन्डविक, वेभर्ली र वलाहरा काउन्सिलहरुमा एक हप्ताको लागि लकडाउन घोषण गरिएको छ ।

प्रिमियर बेरिजिक्लियनका अनुसार यी काउन्सिलहरुमा अत्याबश्यक कारण बाहेक घरबाट बाहिर निस्कन निषेध गरिएको छ ।

निम्न कारण र अबस्थामा मात्र लकडाउनको बेला घरबाट बाहिर निस्कन पाइन्छ:

  • खानेकुरा अथवा अन्य अत्याबश्यक बस्तुहरुको किनमेल
  • स्वास्थ्य स्याहार र कारुणिक आवश्यक्ता
  • घर बाहिर १० जना अथवा भन्दा कमको समूहमा व्यायाम
  • अत्यावश्यक काम, शिक्ष जुन तपाईले घरमा बसेर गर्न सक्नुहुन्न 

यसै गरी प्रिमियरले बृहत् सिड्नी क्षेत्रमा यसअघि लागू गरिएका अन्य प्रतिबन्धहरू पनि थप एक साताका लागिसम्म लम्ब्याइएको बताएकी छिन् ।

शुक्रवार थप २२ जनामा कोरोनाभाइरस सङ्क्रमित भएको अधिकारीहरूले पुष्टि गरेपछि न्यु साउथ वेल्सको पछिल्लो कोभिड–१९ संक्रमितहरूको जम्मा संख्या ७१ पुगेको छ ।

विगत १४ दिनको समयमा यी चारवटा काउन्सिल क्षेत्रहरूमा पुगेका मानिसहरूका लागि पनि लकडाउनका नियमहरू लागू हुने बेरिजिक्लियनको भनाई छ ।

याे पनि पढ्नुहाेस् ।

न्यु साउथ वेल्सका कृषि मन्त्री कोरोना संक्रमित; डेपुटी प्रिमियर र स्वास्थ्य मन्त्री सेल्फ आइसोलेसनमा