MENU

न्यु साउथ वेल्सका कृषि मन्त्री कोरोना संक्रमित; डेपुटी प्रिमियर र स्वास्थ्य मन्त्री सेल्फ आइसोलेसनमा

NSW deputy premier John Barilaro amongst those in isolation after MP’s positive COVID result
NSW deputy premier John Barilaro and Health Minister Brad Hazzard amongst those in isolation after MP’s positive COVID result

सिड्नी । न्यु साउथ वेल्स राज्यका कृषी मन्त्री एडम मार्सललाई कोरोना भाइरसको संक्रमण भएपछि अहिले उनीे आईसोलेसनमा बसेका छन् ।

बिहिबार बिहान मन्त्री मार्सलको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । यो नतिजा सँगै मन्त्री मार्सल १४ दिन आईसोलेसनमा बसेका छन् । उनी सँगै सोमबार बेलुका सिड्नीको एक पिज्जा रेस्टुरेन्टमा डिनर गरेका अन्य चार जना नेसनल एम पीहरु आईसोलेसनमा छन् ।

डेपुटी प्रिमियर र स्वास्थ्य मन्त्री सेल्फ आइसोलेसनमा

न्यु साउथ वेल्सका डेपुटी प्रिमियर जोन बारालारो सहित स्वास्थ्य मन्त्री ब्राड हाजार्ड अहिले सेल्फ आइसोलेसनमा छन् । बिहिबार बेलुका सम्म दुबै मन्त्रीमा कोरोना संक्रमण नेगेटिभ देखिए पनि उनीहरु १४ दिन सेल्फ आईसोलेसनमा रहेका हुन्।

न्यु साउथ वेल्सको संसद भवनमा कोरोनाको जोखिमको कारण बिहिबार तय गरिएको सबै कार्यबिधि स्थगित गरिएको छ । बिहिबार बिपक्षि नेता क्रिस्ट मिन्सले बजेट भाषणको जवाफ दिन कार्यतालिका थियो ।

राज्यमा कोरोनाको संक्रमण तिब्र भएपछि बुधवार ४ बजेदेखि लागु हुनेगरी प्रतिबन्धहरु थप गरिएको थियो ।

याे पनि पढ्नुहाेस् ।

बुधवार साँझबाट न्यु साउथ वेल्समा नयाँ प्रतिबन्ध; पाँच जनाभन्दा बढी घरमा बोलाउन नपाइने