MENU

नेपाल बाहेक पाँच देशका बिद्यार्थीहरु अस्ट्रेलिया भित्रिए

International students to arrive in Australia for first time in nine months
International students to arrive in Darwin Australia for the first time in nine months. Source: Supplied

डार्विन । कोरोना भाईरसका कारण अन्तर्राष्ट्रिय सिमाना बन्द भएयता अस्ट्रेलियामा पहिलो पटक अन्तर्राष्ट्रिय विद्यार्थीको आगमन भएको छ । सिंगापुरबाट ६३ जना विद्यार्थी बोकेको सिल्क एयरको चाटर्ड बिमान सोमबार डार्विनमा अवतरण गरेको हो ।

उक्त समूहमा चीन, हंङकङ, जापान, भियतनाम र इन्डोनेसियाका विद्यार्थीहरु रहेका छन् । मार्च २० तारिखपछि पहिलो पटक अस्ट्रेलिया पुगेका उक्त अन्तर्राष्ट्रिय विद्यार्थीहरु होवार्ड स्प्रीङ रहेको क्वारेन्टाइनमा १४ दिन बस्नेछन् । उनीहरुले चाल्र्स डार्विन विश्वविद्यालयमा अध्ययन गर्नेछन् ।

उक्त क्वारेन्टाइनमा चीनको वुहानबाट उद्धार गरिएका कोरोना भाइरस संक्रमित अस्ट्रेलिया नागरिक तथा डायमण्ड प्रिन्सेस जहाजबाट उद्धार गरिएकाहरुलाई राखिएको थियो ।

डार्विनमा ७० जनासम्म विद्यार्थी ल्याउन नदर्न टेरिटरी सरकारले संघीय सरकार र चाल्स डार्विन विश्वविद्यालयसंग सम्झौता गरेको थियो ।

अस्ट्रेलिया आएका विद्यार्थीहरुले उडान भन्दा ७२ घण्टा अघि नै कोरोनाभाइरस परिक्षणमा नेगेटिभ भएको प्रमाणति गर्नुपर्ने थियो ।

विद्यार्थीहरुले विमान चार्टरको रकम तथा विश्वविद्यालयले क्वारेन्टाइनको खर्च व्यहोर्नुपर्नेछ ।

यसै वर्षको सुरुवातमा एसिटी र संघीय सरकारले पाइलट प्रोग्राम अन्तर्गत अध्ययनरत ३५० विद्यार्थीलाई अस्ट्रेलिया ल्याउने योजना बनाएको थियो तर मेलवर्नमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि उक्त योजनामा ढिलाई भएको छ ।

त्यसैगरी, अगस्टमा साउथ अस्ट्रेलियामा तीन सय विद्यार्थी ल्याउने योजना सार्वजनिक भएको थियो ।

यता चाल्र्स डार्विन विश्वविद्यालयले विद्यार्थी ल्याउन सफल भएको कार्यलाई एक उपलब्धीको रुपमा लिइएको छ ।

विष्लेषकहरुले भने सन् २०२१ को अन्त्यसम्म सिमानाका बन्द रहे अस्ट्रेलियाका विश्वविद्यालयले १९ विलियन डलरको घाटा व्यहोर्ने जनाएका छन् ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियामा दुई महिनामा पाँचजना फुड डेलिभरी राईडरको निधन; सरकारले बनायो टाक्स फोर्स