MENU

कमला ह्यारिसको जीतले बिश्वका महिलाहरुलाई दिएको सन्देश: शिक्षा, हिम्मत र मेहनत

Kamala Harris became the first woman, and the first Asian American, to be vice-president of America
Kamala Harris became the first woman, and the first Asian American, to be vice-president of America

एजेन्सी । कमला ह्यारीस अमेरिकाको इतिहासमा उपराष्ट्रपति पदमा निर्वाचित हुने पहिलो महिला, पहिलो अस्वेत नागरिक तथा दक्षिण एसियाबाट प्रथम नागरिक बनेकी छन् ।

विगत २ सय वर्षभन्दा लामो समयदेखि ऐतिहासिक रुपमा उपेक्षित तथा प्रणालीगत रुपमा अस्विकृत रहेका महिलाहरुबाट नयाँ शक्ति हासिल गर्ने ह्यारीस पहिलो महिला बनेकी छन् ।

उनी अमेरिकाको नागरिक तथा आप्रवासी मात्र होईन संसारका महिलाहरुको प्रेरणाको स्रोत बनेकी छिन् । आमेरिकामा रहेकी उत्तरा घिमिरे लेख्छिन् :

कमला भन्छिन : म पहिलो महिला हो अन्तिम महिला भने होइन्

सान फ्रानसिस्कोको डिस्ट्रीक्ट एटर्नी देखि क्यालिफोर्नियाको एटर्नी जेनरल हुदै अमेरिकाको दोस्रो अस्वेत महिला सिनेटर भइसकेकी ह्यारिसका लागि यो जीत जीवनकै ठूलो सफलता हो ।

उपराष्ट्रपति पदमा निर्वाचित भएपछि ह्यारिसले डेलावेरमा आफ्नो पहिलो भाषणमा “म यस कार्यालयमा पहिलो महिला भएपनि अन्तिम महिला भने हुनेछैन,” भनीन ।

ह्यारीसले वासिङटनको अस्वेत नागरिकका लागि चिनिने होवार्ड विश्वविद्यालयमा अध्ययन गरिन र त्यही उनले अल्फा काप्पा एल्फा सोरोरिटी इन्कमा काम गर्न थालिन जसले उनलाई राजनीतिक दृष्टि प्रदान गर्न मदत गर्यो ।

ह्यारिसले उपराष्ट्रपतिका लागि दावेदारी दिइरहदा कतिपयले उनीमाथि आशंका व्यक्त गरेका थिए । “मैले सुनिन तथा मानिसले पनि सुनेन र हामीले जित्यौ,” उनले भनिन् ।

ह्यारिसको ऐतिहासिक जीतमा उनको कडा परिश्रम छ । उनको सफलताले उनको बारेमा जति बताउछ त्यति नै अमेरिकाको राजनीतिक संस्थाहरुको बारेमा । ह्यारिसको जीतले महिला तथा बालिकाहरुका लागि आफैले शक्ति आर्जन गर्ने बाटो खोलिदिएको छ ।

कमलाको बाल्यकाल

सन् १९६४ मा क्यालिफोर्नियाको अकल्याण्डमा जन्मेकी ह्यारीसलाई उनको परिवारले नागरिक अधिकार सक्रियाको आधार प्रदान गर्यो ।

भारतबाट आएकी ह्यारीसकी आमा श्यामाला गोपालन ह्यारी स्तन क्यान्सरका अनुसन्धानकर्ता थिइन तथा सन् २००९ मा क्यान्सरकै कारण मृत्युवरण गरिन् भने जमैकन अमेरिकन पिता डोनाल्ड अर्थशास्त्रका अध्यापक हुन् । तर उनीहरुको सन् १९७२ मै पारपाचुके भइसकेको थियो ।

उनी बे एरियामा हुर्किइन तथा समय समयमा आफ्ना परिवारका सदस्यलाई भेट्न भारत गइरहेकी हुन्थिन । १२ वर्षको उमेरमा ह्यारीस आफ्नी बहिनी माया तथा आमा संगै मोन्टेरियलमा बस्न थालिन् । उनले पटक पटक आफ्नी आमासंगको सामिप्यतालाई दर्शाउने गरेकी थिइन् ।

शिक्षा र राजनीति यात्रा

सन् १९८६ मा होवार्डबाट अन्डरग्राजुएट तथा सन् १९८९ मा क्यालिफोर्नियाको ह्यासटिङस कलेजबाट कानूनको पढाई पुरा गरेकी ह्यारिसले बारको परिक्षा पास गर्दै अलामेडा काउन्टीको प्रोसेक्युटरको कार्यालयमा एसिसटेन्ट डिस्ट्रीक्ट एटर्नीको रुपमा काम थालीन ।

त्यहीबाट उनको राजनीति यात्रा सुरु भयो । सन् २००३ मा ह्यारिसले सान फ्रानसिस्को डिस्ट्रीक्ट एटर्नी बनीन जुन अस्वेत महिलाका लागि पहिलो अवसर थियो ।

त्यसैगरी सन् २०१० मा उनी क्यालिफोर्नियाको एटर्नी जेनरल पदमा निर्वाचित हुने पहिलो अस्वेत महिला भइन् । साथै सन् २०१६ मा अमेरिकाको सिनेटरमा निर्वाचित हुने उनी दोस्रो अस्वेत महिला बनिन् ।

Kamala Harris (Photo: GettyImages)
Kamala Harris (Photo: GettyImages)

ह्यारिसको ह्वाइट हाउस मोह

उनी २०१६ मा क्यालिफोर्नियाकी सिनेटमा निर्वाचित भएकी थिइन्। आफैं पनि २०२० राष्ट्रपतिको दौडमा होमिएकी थिइन्। तर, उनको दौड पार्टी भित्र यथेष्ट समर्थनको अभावमा गत बर्षको जुनमा समाप्त भएको थियो।

डिसेम्बरमा उनले जो बाइडेनलाई समर्थन गर्दै जिताउन जस्तो सुकै सहयोग गर्न पनि आफु तयार भएको घोषणा गरिन र आफू उपराष्ट्रपति पदमा उठ्ने घोषणा गरिन् ।

ह्यारिसको ऐतिहासिक जीतमा उनको कडा परिश्रम छ । उनको सफलताले उनको बारेमा जति बताउछ त्यति नै अमेरिकाको राजनीतिक संस्थाहरुको बारेमा । ह्यारिसको जीतले महिला तथा बालिकाहरुका लागि आफैले शक्ति आर्जन गर्ने बाटो खोलिदिएको छ ।

ह्यारिसकी आमाले भनिन्, “कमला, तिमी धेरै कुरा गर्ने पहिलो व्यक्ति हुनेछौ तर अन्तिम भने हुनेछैनौ ।”

याे पनि पढ्नुहाेस् ।

जो बाइडेनकाे ह्वाईट हाउस यात्रा निश्चित; अस्ट्रेलियन प्रधानमन्त्री मरिसनले दिए बधाई