MENU

नेपाली सोसाइटी अफ तास्मानियाको अध्यक्षमा खगेन्द्र सत्याल निर्वाचित ; तीन बुँदे योजना सार्वजनिक

होबार्ट /  नेपाली सोसाइटी अफ  तास्मानियाको  साधारण सभा २०२१ , सोसाइटीका निवर्तमान अध्यक्ष अभिनव आचार्यको अध्यक्षतामा शनिबार तास्मानियाको होबार्टमा सम्पन्न भएको छ ।

उक्त साधारण सभामा  अध्यक्ष पदका   लागि  खगेन्द्र  सत्याल र अरुणा पौंडेलले उम्मेद्वारी दिएका थिए । अध्यक्ष पदका लागि  गरिएको मतादनबाट नेपाली सोसाइटी अफ  तास्मानियामा  एक बर्षै कार्यकालका लागि   सत्याल  बिजय  भएका हुन् ।  निर्वाचन अधिकृत अर्जुन प्रसाईको रोहबरमा अध्यक्षाका प्रत्यासीहरुको निर्वाचन गराइएको थियो ।   सस्थाको बाँकी पदाधिकारीहरु भने सर्वसम्मतिले चयन गरिएको थियो  ।

सोसाइटीको उपाध्यक्षमा मेघना राउत, सचिव बसन्त घिमिरे, कोषाध्यक्षमा डोल्मा शेर्पा रहेका छन् . त्यस्तै गरी सदस्यहरुमा गायत्री पाण्डे, अनिल दंगाल, अनुज अधिकारी, विष्णु सापकोटा पूर्णिमा श्रेष्ठ  निर्विरोध निर्वाचित भएका हुन् ।

नव निर्वाचित अध्यक्ष  सत्यालले  आप्नै कार्यकालमा सस्थाका  सस्थापक अध्यक्षहरुलाई   सम्मान गर्नै,  होबार्टमा  संचालित पाठशालाको  आप्नै पाठ्यक्रम बिकास गरी स्तरीय बनाउने र नेपाली भाषा कला र संस्कृति प्रव्रर्धन गर्न स्थानीय सरकार संग आर्थिक सहयोगका लागि पहल गर्नै योजना समेत सार्वजनिक गरेका छन् । साथै उनले स्थानीय नेपाली समुदायका संघसस्थाहरुसंग सहकार्य गर्दै अघि बढ्ने बताए

सत्याल  तास्मानियाका सामाजिक अभियान्ता तथा पत्रकार पनि हुन् ।