MENU

भिक्टोरियाको मेल्टन सिटी काउन्सिलको चुनावमा नेपाली भाषीे उम्मेद्धार

Rishi Acharya
Editor at Nepalese Australian
Kuber Lal Khanal, Melton City Council 2020 Election Candidate
Kuber Lal Khanal, Melton City Council 2020 Election Candidate

मेलबर्न । भिक्टोरियाको मेल्टन सिटी काउन्सिलको चुनावमा नेपाली भाषी कुबिर लाल खनालले उम्मेद्धारी दिएका छन् । आगामी अक्टोबर महिनामा हुने स्थानिय काउन्सिल चुनावमा खनालले कोबर्न वार्डको काउन्सिलर पदका लागि उम्मेद्धारी दिएका हुन् ।

नेप्लिज अस्ट्रेलियनसँग कुरा गर्दै खनालले भने, “शुक्रवार १८ सेप्टेम्बरमा भिक्टोरियन निर्वाचन आयोगमा उम्मेद्धारी दर्ता गरे र अहिले प्रचार प्रसारमा सक्रिय भएको छु ।”  मेलबर्न सहरभन्दा ४१ किलोमिटर टाढा रहेको मेल्टन सिटी काउन्सिल बहुसाँस्कृतिक समुदायको बाक्लाे बसोवास रहेकोछ । खनालले स्थानिय बहुसाँस्कृतिक समुदालयलाई लक्षित गरेर प्रचार प्रसार गरिरहेका छन् ।

प्रत्येक चार चार बर्षमा हुने स्थानिय काउन्सिल चुनावमा यो पटक कोरोना भाइरसको प्रभावका कारण पोष्टल भोटिङ हुने भएको छ । काउन्सिलको निर्वाचल तालिका अनुसार अक्टोबर ६, ७ र ८ भित्र प्रत्येक नगरबसीको घरमा हुलाक मार्फत मतपत्र पुग्नेछ । अक्टोबरको २३ भित्र मतदान गरेर मतपत्र भिक्टोरियन निर्वाचन आयोजमा पुग्नुपर्नेछ । १३ नोभेम्बरमा आयोगले नतिजा सार्वजनिक गर्ने छ ।

को हुन् कुबिर लाल खनाल

कुबिर लाल खनालको जन्म भुटानमा भएको हो । उनी ६ वर्षको उमेरमा नेपाल आएका थिए । नेपालको भुटानी शरणार्थी शिविरमा करिब १८ वर्ष बिताएपछि उनी सन् २०१० मा अस्ट्रेलिया आएक हुन् ।

खनालले स्थानियरुपमा रियल स्टेटको ब्यवसाय संचालन गरिरहेका छन् । उनी भुटानी समुदाय मेल्टनको पूर्व अध्यक्ष हुन् । यस्तै मेल्टन इन्टरफेथ नेटवर्कका बर्तमान उपाध्यक्ष, मेल्टन सिटी काउन्सिल इन्टरकल्चरल एड्भाईजरी ग्रुपको सदस्य र लायन्स क्लब अफ मेल्टनको पनि सदस्य रहेका छन् ।

Kuber Lal Khanal, Melton City Council 2020 Election Candidate