MENU

क्विन्सल्याण्डमा लेबरलाई बहुमत; आनास्तेसिया तेस्रो पटक प्रिमियर

Annastacia Palaszczuk
Annastacia Palaszczuk wins government in Queensland, making history

ब्रिसबेन । अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा शिनिबार भएका चुनावमा सत्तारुढ लेबर पार्टीले बहुमत ल्याएको छ ।

लेबर नेता आनास्तेसिया पालास्से तेस्रो कार्यकालको लागि प्रिमियर चुनिएकी छन् । राज्यमा कोरोना भाइरसको प्रकोप नियन्त्रणमा कुशल ब्यवस्थापन गरेको कारण उपहारको रुपमा नागरिकले आनास्तेसिया बिजय गराएको स्थानिय संचारमाध्यमहरुले लेखेका छन् ।

मतगणनाको परिणाम आउनेक्रम जारी छ । जम्मा ९३ सिट रहेको क्विन्सल्याण्ड संसदमा कुनैपनि दलले बहुमत ल्याउन ४७ सिट जित्नु पर्छ । ए बी सीका अनुसार ६० प्रतिसत मदगणना हुँदा लबेबर ४९ सिटमा बिजय निस्चित भएको छ ।

यो चुनाबमा औसत पाँच प्रतिसत लेबर तर्फ भोट सुईङ भएको छ । तर पनि आधा दर्जन जति सिटहरुमा कसले बहुमत ल्याउने भन्नेमा आशंका देखिन्छ ।

यसैबीच बिपक्षि लिबरल नेसनल पार्टी नेता डेब फ्राकलिङ्टनले चुनाबी नतिजालाई सम्मान गर्ने बताउदै आफू बिपक्षि नेताको रुपमा रहने बताइन ।

क्विन्सल्याण्ड चुनाबको रोचक प्रसंग

  • आनास्तेसिया पालास्से अस्ट्रलियाको इतिहासमा नै सबैभन्दा लामो समय सत्तामा रहने महिला सरकार प्रमुख बनेकी छन् ।
  • पूर्व डेपुटी प्रिमियर ज्याकी ट्रेड साउथ ब्रिसबेन चुनव क्षेत्रमा पराजित भएकी छिन् । उनी ग्रिन्स पार्टीका उम्मेद्धवारबाट परजित भएकी हुन् । यो सँगै क्विन्सल्याण्ड संसदमा ग्रिन्सको दुई सिट पक्का भएको छ ।
  • बलियो जनआधार मानिएको भनिएको वन नेसन पार्टीलाई यो चुनाबले ठूलाे धक्का दिएको छ । पछिल्लो मत परिणाम अनुसार वन नेसनको बिरुद्धमा ६.८ प्रतिसत सुइङ भएको छ ।
  • चुनब प्रचार प्रसारमा अन्य दलहरुभन्दा धेरै खर्च गरेको क्लाइभ पाल्मर युनाइटेड अस्ट्रेलिया पार्टीले कुनैपनि सटि जित्ने अबस्था छैन ।