बिक्रम सुबेदी
अस्ट्रेलियामा नेपालीहरुको संख्यात्मक बृद्धिसंगै, भीजा सम्बन्धि समस्याहरु पनि बढी रहेका छन् । कोभीड् र यसपछिको आर्थिक अवस्थाले अझ यसमा नुनचुक लगाउने काम गरेको छ भन्दा फरक नपर्ला। बिगत दुईबर्षदेखी अब्यबस्थितरुपमा रोकिईरहेका र भीसा लज् गर्न नपाएर बसेकाहरूका आ-आफ्नै समस्याहरु थिए र छन् ।
कोभीड्ले धेरैको ज्यानमात्रै लगेन, कतिको पारपाचुके गरायो त कतिको जिन्दगीको मोड्नै बदलिदियो – पारिवारिक सामाजिक र आर्थिक लगायतका धेरै क्षेत्रमा नकारात्मक असर पार्यो जस्को बाछिटा अष्ट्रेलियाको माईग्रेसन ईन्डस्ट्रीमा पनि पर्यो र नेपाली समुदाय पनि यो असरबाट अछुतो रहन सकेन ।
अस्ट्रेलियाको माइग्रेसन नियम परिवर्तनशील छ। हरेक भीजा लज गर्नु अघि त्यो भीजामा भर्खरै केहि परिवर्तन भएका छन् कि छैनन्, अलि चनाखो भई अध्ययन गर्ने वा यस सम्बन्धी विज्ञहरु सँग छलफल र परामर्श लिनु उपयुक्त हुन्छ। कोभिड-१९ को दुई बर्षे “बोर्डर क्लोजर” पछि अन्तराष्ट्रिय बिद्यार्थीहरु र भिजीटरहरु धमाधम अष्ट्रेलिया आईरहेका छन् । अस्ट्रेलिया भित्रिसकेका बिद्यार्थीहरू शैक्षिक संस्था परिवर्तन गर्ने र घुम्नलाई आएका भीजीटरहरु, बिद्यार्थी भीजाको लागि निबेदन दिने लगायतका नेपालीहरु धेरै नै रहेका छन्।
भीजासम्बन्धी पर्याप्त ज्ञान नहुंदा र होहल्लाको पछाडी दौडींदा हरेक बर्ष नेपालीहरुको संख्या बढेसंगै भीजासम्बन्धी समस्याहरु पनि बढ्दो क्रममा छन् । उपयुक्त कानुनी सल्लाहको पहुंच नहुंदा र त्यसबारे अनविज्ञ रहंदा कतिपय नेपालीहरु डर र त्रासमा, आफुले केस् जीत्ने प्रयाप्त अवसर हुंदाहुदै पनि नेपाल फर्किने र केही गैरकानुनी रुपमा लुकेर बस्ने गरेको भेटिन्छन् र सुनिन्छ पनि ।
यस लेखमा भीजा रिजेक्ट वा क्यान्सिल के कारणले हुन्छ र त्यसबाट जोगिन के कस्ता उपायहरु छन् अनि रिजेक्ट वा क्यान्सिल भएको अवस्थामा के गर्न सकिन्छ भनि जानकारी दिन खोजिएको छ । स्मरण रहोस् , भिजा रिजेक्ट र क्यान्सिल हुनु दुई पृथक निर्णयहरु हुन्, जसका कारणहरु र दुरगामी असरहरु पनि फरक फरक नै हुन्छन्।
हरेक भीजा अप्रुभलसंगै, भीजाहोल्डरले पालना गर्नुपर्ने शर्तहरु भीजासंगै लेखीएर आएका हुन्छन् । ती शर्तहरु पालना नगरेको खण्डमा, अवैधानिक र गैरसंवैधानिक क्रियाकलापमा आवद्ध भएको प्रमाणित भएमा, अष्ट्रेलियन् ईमिग्रेसनले भीजा क्यान्सिल गरिदिन सक्छ । भीजा क्यान्सिलेसन् अलि बढी सिरियस् ईस्यू हो र एकदमै बलियो प्रमाण नभएको खण्डमा, यस्तो केस् जित्न गाह्रोमात्र हैन असम्भव नै हुन्छ, जस्का कारण भविष्यमा कहिल्यै अष्ट्रेलिया भित्रिन नपाउने गरी निस्कासन (डिपोर्ट्) पनि गरिदिन सक्छ ।
१. भीजाका अत्यावश्यक शर्तहरुको पालना नगर्नु । जस्तै: कलेज, युनिभर्सिटी को फि नतिर्ने या हांजीर नहुने या लगातार फेल हुने, जुन उद्देश्यको लागि भीजा लिईएको हो, त्यसको नियम उल्लघंन गर्ने आदी ।
२. अष्ट्रेलियाको कुनैपनि कानुनको अवज्ञा गरेमा, कानुन विपरीत क्रियाकलाप गरेमा वा साथ दिएमा,
३. अपराधीक क्रियाकलाप गरेमा वा संलग्न भएमा,
४. अष्ट्रेलियाको कानुन वमोजीम चारित्रिक परिक्षण फेल भएमा,
३. भीजाको लागि गलत विवरण र नक्कली प्रमाण दिएमा, वा
४. स्वेच्छाले ।
हरेक भीजाका आफ्नै नियम हुन्छन् । प्रमाण र कागजातहरु पनि त्यसअनुसार नै पेश गर्नुपर्ने हुन्छ । भीजा अफिसरले हरेक आबेदनको निर्णय गर्दा, सो भीजाका नियमहरुसँग उक्त भीजाका लागि उपलब्ध गराईएका प्रमाण, योग्यता र विवरण ठिक छन् या छैनन् भनि जांच गर्दछन । अपुग र नक्कली प्रमाण, अस्पष्ट र विरोधाभासी विवरण, योग्यताको कमी, क्राईम रेकर्ड, ईमिग्रेसन् प्रोफाईल र मेडीकल फिट्नेस् आदी भीजा रिजेक्सनका प्रमुख कारणहरु हुन् । भीजा रिजेक्सन हुंदैमा अत्तालिनु पर्दैन, उपयुक्त कानुनी परामर्श लिएमा फेरी भीजा पाउने मौका चांही रहन्छ ।
भिजीट् भीजा सबैभन्दा सस्तो र आवेदन प्रकिया एकदमै सजिलो र छिटो हुने हुनाले, बिशेषगरी अष्ट्रेलियामा रहेका आफन्तहरुले आफ्ना परिवार र नातागोतालाई अष्ट्रेलियामा स्वागत गर्ने प्रमुख माध्यम बनेको छ । बुबाआमाको आबेदनलाई सजिलोसँग भीजा दिएजस्तैगरी अरुलाई पनि दिन्छ भन्ने मान्यता राखी हावादारी र हचुवाको भरमा भीजा लज गर्दा धेरैको भीजा रिजेक्ट भएका हुन्छन् । अस्ट्रेलिया किन जाने भन्ने उत्तरमा फेमीलि भीजीट् र अस्ट्रेलियाको बिभीन्न सहर भीजीट् भन्दै गर्दा, आफ्नो देस फर्किने सहि र उपयुक्त कारण देखाउन नसक्नु र त्यसअनुसार आवस्यक प्रमाणहरु पेश गर्न नसक्नु नै रिजेक्सन हुनुका प्रमुख कारण हुन् । रिजेक्ट हुने अरु कारणमा बेरोजगार बसेको हुनु, आम्दानीको श्रोत नखोलिनु, चल-अचल सम्पति नहुनु, पढाई बिचमै रोकीएर वा फेल भएर, नपढी बस्नु, माईग्रेसन हिस्ट्री खराब हुनु पनि हुन्छन् ।
बिद्यार्थी भीजाको लागि GTE statement (Genuine Temporary Entrant Criteria अथवा SOP ) धेरै नै महत्वपुर्ण मानिन्छ साथै GTE लाई मजबुत र बिश्वाशिलो बनाउन आवश्यक सम्पूर्ण प्रमाणहरु भीजा लज गर्दा नै पेश गर्नु पर्दछ। GTE requirements पुरा गर्नका लागि तल प्रस्तुत गरिएका बुंदाहरुमा अलि बिशेष ध्यान दिनुपर्ने हुन्छ जसले तपाइको केसलाई थप बिश्वासिलो र मजबुत बनाउन सहयोग गर्दछ :
१. आफुले पढिरहेको वा पढिसकेको डिग्री अथवा गरेको काम र अस्ट्रेलियामा अब पढ्न खोजेको डिग्री बिचको सम्बन्ध स्थापित गर्नु,
२. स्वदेस फिर्ता हुने उपयुक्त र भरपर्दो कारणहरू देखाउनु : जस्तै : भविष्यमा पाउन सक्ने काम वा गर्ने सक्ने बिजनेस बारे,
३. अस्ट्रेलियामा पढेको डिग्री बाट सिक्ने सिप र ज्ञानको सहि प्रक्षेपण गर्नु,
४. अस्ट्रेलिया र यहांको जनजीबन बारे आवश्यक ज्ञान हुनु,
५. अस्ट्रेलियाको पठन पाठन ,आफु पढ्न खोजेको डिग्री, युनिभर्सिटी वा कलेज सम्बन्धि राम्रो ज्ञान हुनु,
६. आफ्नो देसको र अस्ट्रेलियाको पाठ्य सामग्री र तरिकालाई सहि तवरले विश्लेषण गर्नु ।
७. अस्ट्रेलियामा पढ्न आवश्यक पर्ने खर्चका लागी आम्दानीको श्रोत र चल अचल सम्पत्तिको सहि विवरण प्रस्तुत गर्नु,
८. १२ कक्षा पढिसकेपछिको पढाई वा कामधन्दाको बारेमा सप्रमाण स्पस्टोक्ति दिनु (१ बर्षभन्दा बढि समय केही उपलप्धीमुलक ट्रेनिंग वा काम नगरी बस्नु वा पढेकै भए पनि उत्तिर्ण नहुनुले आबेदनमा नकारात्मक असर पार्न सक्छ)
९. बिद्यार्थि भिजामा हुंदाका अत्यावस्यक सर्तहरु, अस्ट्रेलियाको कलेज वा युनिभर्सिटीहरुको फी तथा हाँजिर हुनुपर्ने प्राबधान बारे जानकार रहनु आदी ।
उपर्युक्त बिषयबस्तुहरूलाई समेटेर बनाईएको स्टेटमेन्ट र त्यसलाई प्रमाणित गर्ने आवश्यक कागजपत्रहरु आबेदनमा छुटेको अवस्थामा भिजा रिजेक्ट हुने सम्भावना बढी रहन्छ । त्यसै गरि अनशोर बिद्यार्थीको हकमा भने पहिला अस्ट्रेलियामा पढेको डिग्री, बीच बिचमा गरिएका डिग्री परिवर्तन र कुनै एउटा डिग्री सकाउन बिध्य्रर्थिले तोकिएको समय भन्दा बढी लिएको समय आदि इत्यादी कारणहरु प्रमुख हुन् सक्दछन्।
१. गलत स्ट्रिम अन्तर्गत रहेर भिजा लज गर्नु । यसमा Graduate work stream र post study work stream गरि दुइ फरक भिजा स्ट्रिम हुन्छन।
२. अंगेजी भाषाको दक्खलता देखाउन नसक्नु वा गलत देखाउनु,
३. गैरकानुनी क्रियाकलाप मा सहभागी देखिनु र पुलिस चेक (क्लियरेन्स) देखाउन नसक्नु,
४. स्वाथ्य ठिक नहुनु , अथवा आबेदक वा परिवारका सदस्यको स्वास्थ्य परिक्षण पास नहुनु,
५. गलत इन्फर्मेसन दिनु या इन्फर्मेसन अनुरुपका कागजात र प्रमाणहरु नहुनु ।
१. कामको गलत विवरण राखी भिजा आबेदन दिनु,
२. कामको अनुभव कम हुनु वा रोजगारदाता नै अयोग्य हुनु,
३. सम्पूर्ण आवेदक हरुको लागि आवश्यक पर्ने प्रमाण र कागज पत्रहरु पेस नगर्नु वा गलत प्रकियाबाट बनाईएका र नक्कली प्रमाण पेश गर्नु,
४. मिति समाप्त भैसकेका प्रमाण हरु पेस गरिनु,
५. छिटो इन्भाईटेसन् पाउने आसमा गलत पोइन्टस् दावी गर्नु, जस्तै : ग्रामिण क्षेत्रमा बसीबस गरेको या पढेको।
६. विवाहित वा पार्टनरसिपका लागी आवश्यक पर्ने अधिकारिक प्रमाणहरु जस्तै : संयुक्त वैंक खाता, एउटै घरमा बसेको, सॅाचो र सम्बन्धको निरन्तरताका लागी आवश्यक कमसेकम प्रमाणहरू उपलब्ध गराउन नसक्नु,
७. बिगतमा क्राईम गरेको र जेल परेको हुनु,
८. स्वास्थ्यमा गम्भिर समस्या हुनु वा मेडीकल टेस्ट फेल हुनु,
९. पेश गरिएका प्रमाणहरु बिचको विवरण एक अर्कामा बझिनु ।
भीजा रिजेक्ट वा क्यान्सिल हुने प्रमुख कारणहरूबारे प्रष्ट भईसकेपछि, रिजेक्ट वा क्यान्सिल भएपछि के गर्न सकिन्छ भन्नेबारे स्पष्ट गर्नपनि जरुरी रहन्छ । नेपाल वा अन्य देश बाट लज गरेको भीजा रिजेक्ट भएको अवस्थामा पुन : नयाँ कागजातहरु, प्रमाणहरू र नयाँ स्टेटमन्ट (Genuine Temporary Entrant Criteria – SOP ) सहित आबेदन दिन मिल्दछ । यदि भीजा अफिसर तपाईंको नयाँ कागजपत्रहरुबाट नियमानुसार सन्तुष्ट भएको अवस्थामा भिजा लाग्दछ तर अस्ट्रेलिया बाहेकका अन्य देसबाट लज गरेर भीजा रिजेक्ट भएको खण्डमा AAT मा अपिल गर्ने अधिकार सबैखाले भिजाको लागी भने हुंदैन।
भिजा रिजेक्ट वा क्यान्सेल हुनु नै सबैथोकको अन्त्य हुनु हैन । तर रिजेक्ट वा क्यान्सिल हुन नदिन पहिले नै साबधानी अपनाउनु भने अवश्य पर्दछ । भीजा रिजेक्सन वा क्यान्सिलेसन् हुंदा भविष्यमा केहि चुनौतिहरुको सामना गर्नुपर्ने हुन्छ ति मध्य केहि सजिलै समाधान हुन्छन् भने केहि निकै जटिल बनिदिन पुग्दछन्। अस्ट्रेलिया भित्र लज गरेको भीजा आबेदन रिजेक्ट भएमा वा भीजा क्यान्सिलेसन् हुंदा “सेक्सन ४८ बार” लाग्ने हुंदा केहि सिमित भिजाहरुबाहेक अन्य भिजाहरु लज गर्न अस्ट्रेलिया छोड्नुपर्ने बाध्यता नै हुन्छ। हाल कोभिड-१९ को कारणले अस्ट्रेलियाले देशभित्र प्रबेस दिन र भीजा लज गर्न केही लचिलो नीति अवलम्बन गरेको छ जस अन्तर्गत् सेक्सन ४८ बार भएकाहरुले पनि स्किल्ड् माईग्रेसन भीजाहरु अस्ट्रेलियाबाटै लज गर्न सक्दछन् ।
भीजा अफिसरले पनि कानुनले दिएको निर्देसन अनुसार र जानकारी दिईएको इन्फर्मेसन् अनि उपलब्ध गराइएको कागजातका आधारमा तपाईंहरुको भीजाको निर्णय गर्ने हो। भीजा अफिसरलाई प्राप्त इन्फर्मेसन र कागजपत्र अनि माइग्रेसन ऎन र नियम अनुसारको निर्देसन बमोजिम गरिएको निर्णयमा तपाई असन्तुष्ट भएको खण्डमा Administrative Appeal Tribunal (AAT) मा तोकिएको समयभित्र आबेदन दिन सकिन्छ। AAT ले तपाइको भीजा रिजेक्ट हुनुको कारण र आबेदनलाई फेरी फरक अनि नयां केसको रुपले हेर्ने र पुन थप प्रमाणहरु साथै बयान समेत जोडेर हेर्ने हुनाले , ट्रिबुनल आफ्नो पक्षमा निर्णय पार्नका लागि उपयुक्त स्थान पनि हुन सक्दछ। गल्ति सबैबाट हुन्छ र त्यहि गलत निर्णयलाई थप प्रमाण र स्टेटमेन्टका आधारमा सहि बाटोमा सोझ्याउने एउटा माध्यम हो AAT । यदि ट्रिबुनलले भीजा अफिसरको निर्णयलाई सच्याउने निर्णय दियो भने त्यो अवस्थामा फेरी ईमिग्रेसनले नयां निर्णय दिनुपर्ने हुन्छ । यदि ट्रिबुनलले भीजा अफिसरको निर्णयलाई सच्याउने निर्णय दियो भने त्यो अवस्थामा फेरी ईमिग्रेसनले नयां निर्णय दिनुपर्ने हुन्छ। यदि AAT मा पनि असफल भएको खण्डमा मिनिस्टेरियल ईन्टर्भेन्सन् वा फेडेरल सर्किट कोर्ट (FCC ) र त्यसपछि हाई कोर्ट नै जान पनि सकिन्छ। आफ्नो केस बलियो भएको अवस्थामा मात्र कोर्टमा जान उपयुक्त हुन्छ किनकि कोर्टमा कानुनी प्रकिया लामो र झन्झटिलो हुनुका साथै र कानुन ब्यावसायीको साथ चाहिने हुँदा समय र धन दुवै खर्च हुन्छ।
अन्त्यमा, आफ्नो समस्या आफुलाई पहाड जस्तै लाग्छ तर आत्तिनु र हतारिनु भने हुदैन। एउटा बाटो बन्द हुदै गर्दा अर्को बाटो खुलेको हुन सक्दछ। अस्ट्रेलियामा भिजा सम्बन्धि समस्याका लागि त्यसमा काम गरिरहेका माइग्रेसन प्रोफेसनलहरुसंग उपयुक्त सुझाब र सल्लाह लिन सकिन्छ जसले यस्ता कानुनी अप्ठ्याराहरुलाई कानुनसंगत नै समाधान गरि तपाईंलाई नयां बाटो देखाउन मद्दत गर्न सक्दछन् ।
लेखक बिक्रम सुबेदी क्यान्बेरा सकिय रजिस्टर माईग्रेसन एक्पर्ट हुन् । यस लेखमा प्रकाशीत सामग्रीहरू कानुनी सल्लाह होईनन्, लेखकका नीजि विचारहरु हुन् जो अष्ट्रेलियाको बर्तमान कानुनबमोजीम उदधृत गरिएका हुन् । अष्ट्रेलियामा भीजा सम्बन्धि कानुनी परामर्शका लागि सम्बन्धित विज्ञहरूसंग सम्पर्क गर्न अनुरोध गरिन्छ ।