तास्मानिया । चुनावी अभियान चलिरहेकैबेला तास्मानियाका लिवरल नेताहरुले तास्मानियाकै सवैभन्दा ठूलो क्रिकेट क्लव लनचेस्टन नेपाली क्रिकेट क्लवलाई खेलमैदान निर्माणमा सहयोग गर्नै आश्वासन दिएका छन् ।
नयाँ कार्यसमिति चयनका लागि आयोजना गरिएको क्लवको कार्यक्रममा सहभागी लिवरल नेताहरुले बुहँसास्कृतिक समुदायसंग सहकार्य गर्दै अघि बढ्ने बताएका थिए । लिवरल सांसद ब्रिजट आर्चरले आफुहरु युवाहरुसंग कामगर्न चाहिरहेको बताउदै क्रिकेट खेलप्रति नेपाली युवाहरुको आकर्षणलाई प्रोत्साहन गर्न पनि क्लवको घरेलु खेलमैदानका लागि पहल गर्नै बताईन । खेलको माध्यमले समुदायमा सद्भाव र सचेतना कायम गर्नै भन्दै उनले क्लवलाई आवश्यक पर्नै कुनै पनि समस्यामा साथ रहने बताइन ।
त्यस्तै गरी लिवरका नेता माइकल फर्ग्युसनले आफ्नो पार्टीले नेपाली समुदाय तथा आप्रवासी समुदायसग हातेमालो गर्दै आगाडी बढ्ने बताए । उनले तास्मिनयामा नेपाली समुदायको बढ्दो आगमनले आफुहरु उत्साहित भएको बताए ।
तास्मानिया क्रिकेट लिगका अध्यक्ष ड्यारेल ह्वाइटले नेपाली क्रिकेट क्लवले स्थानीय लिगमा देखाएको खेल प्रशंसनिय भएको बताए । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, तास्मानिया राज्यका संयोजक सन्देश परियारले क्लवलाई आवश्यक पर्नै खेलकुद सामाग्रिहरु उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।
हाल क्लवलाई स्थानीय विद्यालयले नि:शुल्क खेलमैदान उपलब्ध गराउदै आएको क्लवका अध्यक्षा रामकुमार श्रेष्ठले जानकारी दिए ।