MENU

पश्चिम अस्ट्रेलियामा लेबर पार्टीेको अत्याधिक बहुमत; म्याकगोवान दोस्रो कार्यकालका लागि प्रिमियर

Chhatra Shankar
Editor at Nepalese Australian
Re-elected WA Premier Mark McGowan
Re-elected WA Premier Mark McGowan

पर्थ । पश्चिम अस्ट्रेलियाका प्रिमियर मार्क म्याकगोवानले लेवर पार्टीको तर्फबाट दोस्रो कार्यकालका लागि जितहासिल गरेका छन् । उनी अब आगामी चार बर्षका लागि फेरी पश्चिम अस्ट्रेलियाका प्रिमियर बन्ने छन् ।

लेवरको जितसँंगै राजनीतिक विश्लेषकहरुले भनेका छन् वेस्र्टन अस्ट्रेलिया देशकै एक पार्टीको राज्य भएको छ । लिबरल पार्टीले प्रमुख प्रतिपक्षको हैसियत पनि गुमाएको छ । यो चुनावले नेसनलस् पार्टीलाई प्रमुख प्रतिपक्षीको हैसितमा पुर्याएको छ ।

नेसनलस् पार्टीले अहिले सम्म तीन सिट जितेको छ भने उसले अझै एक सिट बढाएर चार पुर्याउने अनुमान गरिएको छ । लिबरल पार्टीको हाल दुई सिट जिते पनि उसले एक सिट जितेर ३ पुर्याउन सक्ने अडकलबाजीहरु गरिएका छन् ।

व्यवस्थापिका संसदमा ५९ सिट मध्ये लिवरले यो समाचार तयार पार्दा सम्म ४९ सिटमा जित हात पारेकोछ । यो राज्यमा कम्तिमा ३० सिटमा जीत हातपार्ने पार्टीले एकलौटी सरकार संचालन गर्न सक्नेछ ।

७ लाख ५० हजार मानिसले हुलाकको माध्ययमबाट मतदान गर्ने अवसर पाएका थिए भने बाँकी १० लाख मानिसले शनिवार मतदान गरेका थिए ।

परिणाम आउनु अघिनै द विकेन्ड अस्ट्रेलियन पत्रिकामा प्रकाशित पूर्वानुमान अनुसार लेबर र लिवरबीचमा ६६ र ३४ प्रतिशतको भिन्नता हुने उल्लेख गरेको थियो । जस अनुसार लिवरल केवल ३ सिटमा सिमित हुनेछ ।

लिवरलको उदासिनता

चुनावी अभियानमा लिवरल कहिल्यै पनि अघि बढ्न सकेन । प्रतिपक्षि दलका नेता ज्याक किरकप सन् १९३० को दशक पछि वेस्टर्न अस्ट्रेलियाको लिवरल पार्टीबाट नेताको रुपमा पराजित हुने पहिलो व्यक्ति हुने भएका छन् ।

३४ वर्षीय किरकपले डेवेसभिलमा जम्मा ०.८ प्रतिशतको अन्तरले अघि छन र आफू पराजीत भए राजनीतिबाट सन्यास लिने घोषणा गरेको छन् ।

यस्ता खाले परिणामले लिवरलका अन्य सांसदहरुलाई समेत आफ्नो सिट सुरक्षित गर्न चुनौती थप्ने बताइएको छ । लिवरलका संघीय सिनेटर वेन स्मलले ५ देखि १० सिटमा जित हात पारे पार्टीले उत्सव मनाउने बताए ।

खासमा कोष र नीतिाको अभावका कारण लिवरललाई थप समस्यामा पारेको छ । एक पत्रकार सम्मेलनमा किरकपले आफूहरुले निर्वाचनमा जीत हात नपार्ने बताएका थिए ।

महामारिले मिलेको सफलता

म्याकगोवानलाई कोभिडको समयमा लिइएको निर्णयले चर्चाको शिखरमा पुर्यायो । “हामीले लिनुपर्ने ठोस निर्णय लिएका थियौ,” म्याकगोवानले शनिबार बताए । “हामीले कडा निर्णयहरु लिएका थियो र ती कठोर थिए र जनताले वेस्टर्न अस्टे«लियामा देखे कि हामीसँग त्यस्तो सरकार छ जसले जे गर्नुपर्ने हो त्यसका लागि तयार छ,” उनले थपे ।

कोरोना भाईसर नियन्त्रण रोकथामका लागि आफ्नो राज्यमा एउटा कोभिड केश देखिने वित्तिकै राज्यले पुरै लकडाउन गरेर आफ्ना जनतालाई सुरक्षित राखेको थियो ।

याे पनि पढ्नुहाेस् ।

पश्चिम अस्ट्रेलियामा चुनाव सम्पन्न लेबर पार्टी जित नजिक