MENU

भिक्टोरिया राज्यमा स्वस्तिक चिन्ह माथि प्रतिबन्ध

Victoria is the first state in Australia to ban the public display of the Nazi swastika.Displaying the Nazi symbol in public – including in graffiti – face a maximum of 12 months in jail and a $22,000 penalty.
Victoria is the first state in Australia to ban the public display of the Nazi swastika. Displaying the Nazi symbol in public – including in graffiti – face a maximum of 12 months in jail and a $22,000 penalty.

भिक्टोरिया स्वस्तिक चिन्ह माथि प्रतिबन्ध लगाउने अस्ट्रेलियाको पहिलो राज्य बनेको छ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यको संसद्मामा हार्केनक्रस पनि भनिने नाजी चरमपन्थीहरुको चिन्हमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित भएको छ । अब उप्रान्त उक्त चिन्हको सार्वजनिक प्रदर्शन वा दुरुपयोग गर्दा ठुलो जरिवाना र जेल सजाय समेत हुन सक्नेछ।

यद्यपि केही धार्मिक एवम् सांस्कृतिक समुदायमा भने यसको बेग्लै अर्थ लाग्ने भएकाले ती सांस्कृतिक र धार्मिक समूहका मानिसहरूका लागि भने निश्चित मापदण्ड चिन्हको प्रयोगमा छुट दिइने भएको छ। हार्केनक्रस पनि भनिने चिन्हको प्रयोग २० औँ शताब्दीको सुरुवाती ताका एडल्फ हिट्लर र उनको पार्टी नाजीले प्रयोग गर्ने गरेको बताइन्छ।

यद्यपि आजका दिनमा भने यसलाई यसलाई घृणा, नियन्त्रण र विरोधका रूपमा लिने गरिन्छ। उक्त विधेयक सांसदबाट पारित भएपछि भिक्टोरियाकी महान्यायाधिवक्ता जेकलिन साइम्सले अस्ट्रेलियाली समाजमा यसको कुनै स्थान नरहेको बताइन्। “विधेयक पारितसँगै हामीले सहिष्णुता,समावेशिता र शान्तिको सन्देश दिएका छौ,” उनले भनिन्। पछिल्ला केही वर्ष अतिवादी विचारहरूले अस्ट्रेलियामा बढवा पाइरहेको अवस्थामा उक्त कानुन आएको हो।

अन्य राज्यहरूमा पनि  प्रतिबन्ध लगाउने तैयारी

भिक्टोरियाबाट सुरुवात भए पनि टास्मेनिया, क्वीन्सल्याण्ड, साउथ अस्ट्रेलिया र न्यु साउथ वेल्सले प्रतिबन्ध लगाउने कानुन पारितका लागि तैयारी गरिरहेका छन्।

नाजी सिम्बोल प्रोहीबिसन बिल २०२२ नामकरण गरिएको उक्त विधेयकमा जानाजान सार्वजनिक स्थानमा स्वस्तिक चिन्ह प्रदर्शन गर्ने वा प्रहरीले यस्ता चिन्हहरू हटाउन आदेश दिएता पनि अटेर गर्ने मानिसहरूलाई आपराधिक कानुन अन्तर्गत ल्याइ कारबाही गर्न सक्ने कानुनी अधिकार दिएको छ।

यता अस्ट्रेलियाको यहुदीहरूको सङ्गठनले कोभिड–१९ महामारी पछिको समयमा विभिन्न अतिवादी समूहहरूले नाजी चिन्हलाई प्रयोग गदै आइरहेको बताउँछन्। भिर एब्रामोभिच उक्त चिन्हले यहुदीहरू माथिको पिडाले थप प्रश्रय पाउने बताउँछन्।

हिन्दु, बुद्ध र जैन समुदायका लागि चिन्हलाई प्रयोगमा छुट

घृणा र नियन्त्रणको प्रतिकका रूपमा लिइने स्वस्तिक चिन्ह एसियाका केही समुदायका लागि भने शान्तिका प्रतिकका रूपमा लिइन्छ।

हिन्दु, बुद्ध र जैन समुदायका लागि शान्तिको प्रतिकका रूपमा रहेको चिन्हलाई प्रयोगमा छुट दिइएको छ।

अस्ट्रेलियामा हिन्दुहरूको परिषद् हिन्दु काउन्सिल अफ अस्ट्रेलियाका सह-अध्यक्ष सुरिन्दर जैन धार्मिक रूपमा पवित्र मानिने चिन्ह प्रयोगमा दिइएको छुटलाई स्वागतयोग्य कदमका रूपमा व्याख्या गर्छन्।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियामा नेपाली नर्सले जितिन युवा महिला पुरस्कार