MENU

अस्ट्रेलियामा नेपाली नर्सले जितिन युवा महिला पुरस्कार

Rishi Acharya
Editor at Nepalese Australian
 Young Woman of the West Surma Subedi
Nepalese Register Nurse Surma Subedi, Awarded as Young Woman of the West 2022 by Western Sydney University

सिड्नी । पश्चिम सिड्नी बिश्वबिद्यालयले हरेक बर्ष प्रदान गर्ने वेस्ट अवार्ड अन्तर्गत युवा महिला पुरस्कार नेपाली नर्सले जितेकी छन् । नेपाली नर्स सूर्मा सुवेदीले (Young Woman of the West Award 2022 -Surma Subedi) पुरस्कार जितेकी  हुन् । बिश्वबिद्यालयले पश्चिम सिड्नीमा पेशागत र समुदायिक रुपमा योगदान गर्ने महिलाहरुलाई रहेक बर्ष सम्मान गर्ने गर्दछ ।

नेपाली मूलकी युवा महिला सूर्मा सुवेदीले बिगत ६ बर्ष देखि पश्चिम सिड्नीमा बिभिन्न निकायहरुमा रहेर नेपाली तथा यहाँको मुल प्रवाहको समुदायमा गरेको योगदानको कदर गर्दै यो पुरस्कार प्रदान गरिएको हो । सुवेदीले पुरस्कारको रुपमा सम्मन पत्र र नगर पुरस्कार पाएकी छन् ।

कोरोना भाईरसको महामारीमा नर्स सूर्मा

कोरोना भाईरसको महामारीको समयमा पश्चिम सिड्नी सधै चर्चामा रहेको थियो । सेवामा पहुच, अत्यावाश्यक स्वास्थ्य सामाग्री बितरणमा भेदभाव र सेवा सुबिधा बारे सिमित जानकारी त्यो समयमा देखिएका मुख्य समश्याहरु थिए । सुवेदी नेपियन ब्लु माउन्टेन स्थानिय ईलाका स्वास्थ्य कार्यालय अन्तर्गत नेपियन अस्पतालमा कार्यरत थिइन ।

उनी आफ्नो जागिरे समय पछि पनि समुदायमा कोरोना महामारि बिरुद्ध सक्रिय रहिन । मुख्य गरि यहाँको स्वास्थ्य सेवामा पहँचका लागि समश्या देखिएका अस्थायि बसोवासमा रहेका नेपाली अभिभावहरु Nepalese Grandparents, नेपाली अन्तराष्ट्रिय विद्यार्थी International Nepalese Studnent हरुलाई कोरोना नियन्त्रणलागि सरकारको योजना र त्यमा पहुँचको लागि सुवेदीले महत्वपुर्ण सहयोग गरेको बिश्वबिद्यालयले जनाएको छ ।

कोरोनाको महामारीमा सहि र तथ्यपुर्ण जानकारी समुदायमा बुझाउनु नै निकै महत्वपुर्ण थियो । (Young Woman of the West -Surma Subedi) सुवेदीले भनिन्, “मैले पनि स्थानिय स्वास्थ्य निकायसँग सहकार्य गरेर जागिरे अवधि पछि पनि समुदायमा स्वयम सेवकको रुपमा कोरोना संक्रमण रोकथामको लागि काम गरेकी थिए ।”

सुवेदीले कोरोना महामारीको समयमा पश्चिम सिड्नीको ब्लु माउन्टेन, पेन्रिथ, रिचमण्ड पारामाटा, ब्लाकटाउन क्षेत्रमा गएर पिपिई सहि तरिकाले लगाउने बारेमा तालिम र मुल्याङ्कन समेत गरेकी थिइन ।

नेपाली समुदायमा स्वयम सेवा

सूर्मा सुवेदीले पश्चिम सिड्नीको नेपाली समुदायमा हुने बिभिन्न कार्यक्रमहरुमा स्वयम सेवा गर्दै आएकी छन् । नेप्लिज कम्युनिटि अफ वेस्टन सिड्नीमा आबद्ध सुवेदीले समुदायका गतिविधिहरुलाई प्रचार प्रसारको लागि मिडियाको क्षेत्रमा काम गरिरहेकी छन् ।

यस्तै नेपाली युवा र  स्थानिय परिवारलाई खेलकुद मार्फत एकतामा बाँध्ने लक्ष्यले शुरु भएको पेन्रिथ गुरिल्ला सकर क्लबमा समुदाय सहभागितामा सुवेदीले सकेको सहयोग गरिहरेकी छन् ।

नेपालको ललितपुर स्थायि घर भएकी सूर्मा सुवेदी (Young Woman of the West Surma Subedi) २०१६ मा अस्ट्रेलिया आएकी हुन् । नेपाल देखिनै नर्सिङ बिषय अध्ययनमा रुची  राखेकी सुवेदीले पश्चिम सिड्नी बिश्वबिद्यालयमा  नर्सिङ बिषयमा ब्याचलर सकेर अहिले मास्टस अध्ययन गरिरहेकी छन् ।

उनले नेप्लिन अस्ट्रेलियन सँग कुरा गर्दै भबिष्यमा नेपाली नव आगन्तुक परिवारका सदस्यहरुलाई यहाँको सेवामा पहुच बढाउन सक्रिय रहने बताइन ।

याे पनि पढ्नुहाेस् ।

कोरोनाको महामारीमा अस्ट्रेलियामा फस्टाएको डोटेली युवाहरुको “इभजोन”