MENU

भारत, बेलायत र अमेरिकामा राजदूत सिरफारिस

सरकारले तीन देशका लागी राजदूत सिफारिस गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जना राजदूत सिफारिस गरेको हो ।

भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गर्न सिफारिस गरेको हो।

शर्मा पूर्व राजदूत हुन्। खत्री कूटनीतिक मामिलाका विज्ञ हुन् भने आचार्य पूर्वपरराष्ट्र सचिव हुन्।

प्रधानमन्त्री देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा महत्वपूर्ण तीन देशका लागि राजदूत नियुक्तिको सिफारिस भएका हुन्।