सिड्नी । अस्ट्रेलियामा नेपाली कला सँस्कृति तथा साहित्यको प्रवर्द्र्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाली काला संस्कृति तथा साहित्य प्रतिष्ठानको अध्यक्षमा शुजाता बस्नेत केसी निर्वाचित भएकी छन् ।
हालै पश्चिम सिड्नीमा भएको संस्थाको अधिवेशनले बस्नेत लगाएत अन्य पदाधिकारीहरुको चयन गरेको हो ।
संस्थाको उपाध्यक्ष सीमा रोशी (साहित्य ) र सितल गुरुङ ( सँस्कृति), महासचिव रिना केसी, सचिव दिपा श्रेष्ठ, कोषाध्यक्ष भुषण रोक्का र सह कोषध्यक्ष ज्वाला बिष्ट रहेका छन् ।
संस्थाको प्रवाक्तामा रमेश बानिया चुनिएका छन् । साथै अन्य पदाधिकारीहरुमा कुमारी गुरुङ, मञ्जु गुरुङ, रेखा भट्टराई, सपना भुषाल, रोषनी श्रेष्ठ, राजेन्द्र आचार्य, संगिता बस्नेत, राम राहुल घिमिरे रहेका छन् ।
संस्थाको सल्लाहकारहरुमा रमेश थापा, बिदुर ढुंगेल, ज्ञान गुरुङ, देब गुरुङ, इन्द्रा वन, र नारायण प्रधान रहेका छन् । यस्तै संस्थाको संरक्षकमा जानकी पौडेल रहेकी छन् ।
सन् २००८ मा स्थापन भएको नेपाली काला संस्कृति तथा साहित्य प्रतिष्ठानको हाल सम्म ब्रिसवेन र क्यानबेरामा शाखा स्थापना भएका छन् ।
अस्ट्रेलियाका प्रधानमन्त्री मरिसनले दिए नेपाली नयाँ बर्ष २०७८ को शुभकामना