MENU

अस्ट्रेलियाका प्रधानमन्त्री मरिसनले दिए नेपाली नयाँ बर्ष २०७८ को शुभकामना

Nepali New Year 2078 Greetings Message from Australian Prime Minister Scott Morrison
Nepali New Year 2078 Greetings Message from Australian Prime Minister Scott Morrison

क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले नेपाली नयाँ बर्ष २०७८ को अवसरमा अस्ट्रेलियामा तथा संसारका अन्य स्थानहरुमा बसोबास गर्ने नेपालीहरुलाई शुभकामना दिएका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री मरिसनले अस्ट्रेलियामा तथा संसारका नेपाली समुदायलाई शान्ति र सुरक्षाको कामना गर्दै नयाँ बर्षको शुभकामना दिएका हुन् ।

‘नयाँ बर्षको उत्सब अस्ट्रेलियाको फराकिलो समुदायलाई नेपालको अद्धितिय सँस्कृतिका बारेमा अनुभव गराउने सुनौलो अवसर पनि हो,’ उनको विज्ञप्तिमा भनिएको छ ।

महामारीको समयमा अस्ट्रेलियाका बहुसाँस्कृतिक समुदायहरु सहकार्य र तागतको श्रोत भएको प्रशंसा गर्दै आगामी दिनमा पनि संसारकै सुनौलो भविष्यको लागि सहकार्य गर्ने बताए ।

‘महामारीका कारण यसपटको नयाँ बर्षको उत्सव विगतका बर्षहरु भन्दा फरक भएतापनि आगामी दिनहरु झनै राम्रा हुनेछन्,’ उनको विज्ञप्तिमा उल्लेख छ ।

याे पनि पढ्नुहाेस् ।

गोर्खा नेप्लिज कम्युनिटीद्धारा जेष्ठ नागरिक सम्मानित