MENU

नेपाली कला सँस्कृति तथा साहित्य प्रतिष्ठानको अध्यक्षमा शुजाता बस्नेत निर्वाचित

Nepalese Art, Cultural and Literature Academy Australia president Sujata Basnet
Nepalese Art, Cultural and Literature Academy Australia president Sujata Basnet

सिड्नी । अस्ट्रेलियामा नेपाली कला सँस्कृति तथा साहित्यको प्रवर्द्र्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाली काला संस्कृति तथा साहित्य प्रतिष्ठानको अध्यक्षमा शुजाता बस्नेत केसी निर्वाचित भएकी छन् ।

हालै पश्चिम सिड्नीमा भएको संस्थाको अधिवेशनले बस्नेत लगाएत अन्य पदाधिकारीहरुको चयन गरेको हो ।

संस्थाको उपाध्यक्ष सीमा रोशी (साहित्य ) र सितल गुरुङ ( सँस्कृति), महासचिव रिना केसी,  सचिव दिपा श्रेष्ठ, कोषाध्यक्ष भुषण रोक्का र सह कोषध्यक्ष ज्वाला बिष्ट रहेका छन् ।

संस्थाको प्रवाक्तामा  रमेश बानिया चुनिएका छन् । साथै अन्य पदाधिकारीहरुमा  कुमारी गुरुङ, मञ्जु गुरुङ, रेखा भट्टराई, सपना भुषाल, रोषनी श्रेष्ठ, राजेन्द्र आचार्य, संगिता बस्नेत, राम राहुल घिमिरे रहेका छन् ।

संस्थाको सल्लाहकारहरुमा रमेश थापा, बिदुर ढुंगेल, ज्ञान गुरुङ, देब गुरुङ, इन्द्रा वन, र नारायण प्रधान रहेका छन् । यस्तै संस्थाको संरक्षकमा जानकी पौडेल रहेकी छन् ।

सन् २००८ मा स्थापन भएको  नेपाली काला संस्कृति तथा साहित्य प्रतिष्ठानको हाल सम्म ब्रिसवेन र क्यानबेरामा शाखा स्थापना भएका छन् ।

याे पनि पढ्नुहाेस् । 

अस्ट्रेलियाका प्रधानमन्त्री मरिसनले दिए नेपाली नयाँ बर्ष २०७८ को शुभकामना