MENU

दक्षिण पश्चिम सिड्नीमा नेपाली भाषाको पाठशाला संचालन

Nepalese Community Launched Nepali Language School at Edmondson Park -South West Sydney

एडमन्डसन पार्क बार्डिया नेप्लिज कम्युनिटीको अगुवाईमा नेपाली भाषा बिद्यालय “पाठशाला अष्ट्रेलिया” को शुभारम्भ भएको छ ।

शनिबार ५ मे का दिन बार्डिया पब्लिक स्कूलमा संस्थाका संस्थापक अध्यक्ष विष्णु केसीले रिवन काटेर बिद्यालयको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै केसीले भने, “प्रवासमा पनि नेपाली भाषा र संस्कृतिलाई बचाउदै यहाँ हुर्कदै गरेका दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने उपयुक्त माध्यम भाषा पाठशाला हो । बिद्यालयलाई संचालन गर्न योगदान गर्नुहुने सबै स्थानिय नेपाली समुदायका सदस्यहरुप्रति अभारि छु ।”

यो बिद्यालयको बिजारोपण व्यक्तिगत पहलमा २०१७ देखि बाल नैतिक कक्षाको रूपमा घरको गराजबाट शुरूभएको हो ।

अभिभावकहरूको माग र नेपाली भाषालाई परदेशको भूमिमा बचाई राख्न अति आवश्यक भएकोले एडमन्डसन पार्क बार्डिया नेप्लिज कम्युनिटीले बिद्यालय संचालन गर्न २०१८ को डिसेम्बर देखि पहल गरेको बिद्यालय ब्यबस्थापन समितिका संयोजक बिष्णु घिमिरेले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

“नयाँ सवर्व भएकोले स्कूल उपलबध नहुदा कहिले घरको गराजमा त कहिले जुम मार्फत कक्षा यचालन गर्ने गरिएको थियो ।” घिमिरेले भने, “लामो समयको प्रयास पछि बार्डिया पब्लिक स्कूलले केठाहरू उपलब्ध गराएकोले स्कूलमा भाषा कक्षा शुरू गर्न थालिएको हो ।”

शनिबार र आईतबार बिहान दुई घण्टा कक्षाहरु संचालन हुने

यो बिद्यालय हप्ताको दुइदिन शनिबार र आइतबार संचालन हुनेछ । यो बिद्यालयमा अहिले ८० बालबालिकाहरू भर्ना भएका छन् । यो भाषा बिद्यालय बिगत दुइ बर्षदेखि न्यु साउथ वेल्स राज्यकोे कम्युनिटी ल्यांवेज कार्यक्रमसँग आवद्ध छ ।

शनिबार भएको उद्धघाटन कार्यक्रममा बोल्दै बिद्यालय व्यवस्थापन समितिका संयोजक विष्णु घिमिरेले बिगत ३ वर्षदेखि स्कूल स्थापना गर्नको लागि गरिएका संघर्षका कथा सुनाएका थिए भने ब्यवस्थापन समितिका सचिव प्रकाश वास्ताकोटीले हाल सम्म भएका गतिबिधिहरूको पावर प्वाइन्टबाट प्रिजेन्टेसन गरेका थिए । कार्यक्रमा एन आर एन अस्ट्रेलियाका उपाध्यक्ष देव गुरूंग र प्रवक्त नंदु गुरूंग लागायत समुदायका अगुवा र विध्यार्थीका अभिभावकको उमस्थिति थियो ।

कार्यक्रको संचालन एडमन्डसन पार्क बार्डिया नेप्लिज कम्युनिटीका वर्तमान महासचिव रविन न्यौपानेले गरेका थिए भने कार्यक्रमको अध्यक्षता एडमन्डसन पार्क बार्डिया नेप्लिज कम्युनिटीका वर्तमान अध्यक्ष यशोधा श्रेष्टले गरेकी थिइन । बालबालिकाहरूको तर्फबाट नेपाली भाषाको महत्वको बारेमा आरोन गौतमले बोलेका थिए ।

पञ्च कन्याहरूले नेपाली र अस्ट्रेलियन झण्डा र नेपाली पुस्तक लिएर कार्यक्रम कक्षमा प्रवेश गर्दा वातावरण नेपालीमय भएको थियो ।

याे पनि पढ्नुहाेस् ।

अष्ट्रेलियाबाट अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग