MENU

क्यानबेरामा मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिम सम्पन्न

Nepalese Community Members from Canberra attending Mental Health First Aid Training jointly organised by Australia Nepal Public Link (ANPL) and Federation of Nepalese Community Associations of Australia Inc. (FeNCAA)
Nepalese Community Members from Canberra attending Mental Health First Aid Training jointly organised by Australia Nepal Public Link (ANPL) and Federation of Nepalese Community Associations of Australia Inc. (FeNCAA)

क्यानबेरा । अस्ट्रेलिया नेपाल पब्लिक लिंक र फेडरेसन अफ नेपलीज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया (फेन्का) को संयुक्त आयोजनामा दुईदिने मानसिक स्वास्थ्य प्राथमिक उपचार (मेन्टल हेल्थ फस्ट एड) तालिम यही मार्च महिना को ६ र ७ तारिख २०२१ क्यानबेरामा सम्पन्न भएको छ ।

मुख्य अतिथि नेपाली राजदूत महामहिम महेश राज दाहालले तालिमको सुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै राजदुत दाहालले भने,  “नेपाली समुदायमा निकै प्रभाव पारिरहेको मानसिक स्वास्थ्यका बारेमा जानकारी दिने र उपचार सेवाको लागि सहयोग गर्ने यो तालिम धेरै महत्वपूर्ण छ ।”

फेन्का महासचिब डा कृष्ण हमालका अनुसार सो कार्यक्रममा क्यानबेरा क्षेत्रमा बसोबस गर्ने नेपाली समुदायका १८ जनाले भाग लिएका थिए ।

“तालिमले समुदायमा कसैलाई मानसिक समस्या भए त्यसको पहिचान गर्न र उपाचरको लागि बाटो देखाउन मद्दत गर्ने आशा गरेका छौ ।” डा हमालले भने, “मानसिक समस्या भएकाहरुले मात्र यो तालिम लिने भन्ने गलत बुझाइको कारण अझै धेरै सहभागि तालिममा आकर्षित हुन सकेका छैनन् ।”

सन् २०१६ देखि अस्ट्रेलिया नेपाल पब्लिक लिंकले नेपाली समुदायको लागि मेन्टल हेल्थ फस्ट एड तालिम संचालन गरिरहेको छ ।

संस्थाका पूर्व अध्यक्ष एवं मेन्टल हेल्थ फस्ट एड प्रशिक्षक भरत नेपालका अनुसार अहिले सम्म अस्ट्रेलियाका बिभिन्न राज्यहरुमा गरेर करिब दुइ सय ५० जना भन्दाबढीले यो तालिम लिइसकेका छन् । नेपालले भने, “समुदायमा मानिसिक स्वास्थ्यको समस्या भएकाहरुको पहिचान र सेवामा पहुँचको लागि यो तालिम आवश्यक छ ।”

कार्यक्रमको महत्व बारे सहभागिहरू ओभर्सिज नेपाली स्पोर्ट्स मीटका निबर्तमान कोओर्डिनेटर डा दुर्गा दत्त कंडेल, अष्ट्रेलिया नेपाल फ्रेन्ड्सिप सोसाइटीका पुर्व अध्यक्ष जीवन राणा, एन आर एन अष्ट्रेलिया पुर्व उपाध्यक्ष राजन ढुङेल र एन आर एन अष्ट्रेलिया एन सि सि सदस्य लालित मल्ल र अष्ट्रेलिया नेपाल फ्रेन्ड्सिप सोसाइटीका अध्यक्ष अदर्शा जङ पण्डेले बिचार राखेका थिए ।

यदि तपाई या अरु कसैलाई तत्काल सहायता चाहिएको छ भने निम्न स्थानमा फोन गर्न सक्नुहुन्छ ।

  • Lifeline: 131114
  • Kids Helpline: 1800551800
  • Mensline Australia: 1300 7899 978
  • Sucide call Back serive: 1300 659 467
  • Beyound Blue: 1300 22 4636
  • Headspace: 1800650890

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियाको सबैभन्दा पुरानो संस्थाले चुन्यो डा. पुडाशैनीको नेतृत्वमा नयाँ कार्यसमिति